Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरहन सम्भव भयो : प्रचण्ड

\"\"काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीचकाे सम्वन्ध एक अर्कामा परिपुरक रहेकाले नै पार्टी एकताका लागि अाधार तयार भएकाे बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । उनले पदका लागि नभइ समाजवाद उन्नमुख देश विकासमा लागि पार्टी एकता गर्न लागेकाे पनि बताए । प्रचण्डले नयाँ पत्रिकाको न्युजरुमबाट फेसबुक लाइभमा एमाले–माओवादीबीचको सम्बन्ध भाइबन्धुको जस्तो रहेको प्रष्ट्याए । प्रचण्डले भने,‘एमाले संसदीय संघर्षमा रहेकाले माओवादीले थालेको जनयुद्ध शान्ति प्रक्रियामा अवतरण गर्न सहज भयो । भने माओवादी जनयुद्धकै कारण एमालेलाई संसदीय राजनीतिमा टिकिरहन सम्भव भयो ।’ नयाँ पत्रिकासँगको कुराकानीमा प्रचण्डले एमालेका तत्कालिन महासचिव माधव नेपाललाई संविधानसभाको सदस्यसँगै प्रधानमन्त्रीसम्मको यात्रा, एमालेकै तत्कालिन अध्यक्ष झलनाथ खनाल र अहिलेका केपी ओलीलाई प्रधानमन्त्री बनाउन अहम भूमिका निर्वाह गरेको जिकिर गरे । प्रचण्डले भने,‘पहिलो पटक प्रधानमन्त्री हुँदा आफ्नै हातले चिठी लेखेर माधवजीलाई सांसद बनाउन भूमिका खेलें र उहाँ प्रधानमन्त्री हुनुभयो । झलनाथजी चाहिँ अन्तराष्ट्रिय शक्ति केन्द्रहरु र माओवादीबीचको संघर्षका कारण प्रधानमन्त्री बन्नुभयाे । भने ओलीजी त मैरै प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको हो ।’ राजनीतिक घटनाक्रम माओवादी अध्यक्ष प्रचण्डले एमाले–माओवादीबीच पार्टी एक भइछाड्ने बताए । एमाले र माओवादी पछाडि फर्किनको लागि पुल भत्काइसकेको पुनः दोहोर्‍याएका प्रचण्डले पार्टी एकता चाँडै हुने प्रतिक्रिया दिए । उनले पदीय भागवण्डाको विषयमा कुनै पनि प्रकारको समस्या नभएको जानकारी गराए । ‘म झण्डै ३० वर्षदेखि पार्टीको नेतृत्वमा छु । प्रधानमन्त्री पद के हो भन्ने बारे दुई पटक प्रधानमन्त्री हुँदा थाहा पाइसकेको छु । प्रचण्डले भने,‘केपी ओली पनि अहिले अध्यक्ष हुनुहुन्छ भने मेरै प्रस्तावमा प्रधानमन्त्री भइसक्नुभयो । त्यसैले, पार्टी एकता पदका लागि होइन देशको विकास, सम्बृद्धि र शान्तिका लागि हो । देशले अव राजनीतिक अराजकता थेग्न सक्दैन ।’ कांग्रेस बनोस् प्रचण्डले वामपन्थीहरुको एकताबाट कांग्रेसलाई नआत्तिन पनि आग्रह गरे । उनले कांग्रेसबाटै विभाजन भएर गएका महन्थ ठाकुरलगायतलाई पनि पार्टीमै समाहित गरेर बलियो कांग्रेस निर्माण गर्न सुझाए । प्रचण्डले राष्ट्रपति/उप–राष्ट्रपति, सभामुख, प्रदेशका मुख्यमन्त्रीलगायतका पदहरुमा छलफल नै नभएको जानकारी गराए । सो पदहरुको बारेमा एमाले अध्यक्ष ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने पनि जानकारी गराए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लोडसेडिङ न्युनिकरण गरेर आर्थिक विकासमा टेवा पुर्‍याएको, भारत–चीनबीचको सम्वन्धलाई सुदृढ पारेको, हिमाल–पहाड र तराई÷मधेसका जनतालाई मिलाएर निर्वाचन गरेको पनि जिकिर गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies