Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राष्ट्रपति-प्रचण्ड परिवार 'डिनर'को सन्देशः फेरि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति पासाङ बन्ने !

[caption id=\"attachment_171174\" align=\"alignleft\" width=\"750\"]\"\" डिनरपछि सामूहिक तस्विर[/caption] काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार \'नाइट डिनर\'का लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारलाइ निम्तो दिइन् । निम्तोलार्इ सहजै स्वीकारेर प्रचण्डसँगै पत्नी सीता दाहाल, भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रणब र प्रसिद्ध, जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य शीतलनिवासको ‘डिनर पार्टी’मा सहभागी थिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने सो डिनरले सन्देश दिएको छ । स्वयम् राष्ट्रपति भण्डारीले नै आफू पूनः राष्ट्रपतिमा ईच्छुक रहेको चाहना प्रकट गरेपछि वाम गठबन्धनका शीर्ष नेता केपी शर्मा ओली लागि परेका छन् । तर एमालेभित्रै माधव नेपालको समूह भण्डारीले दोहोर्याउन नहुने पक्षमा छन् । एमालेभित्र पूर्वप्रधानमन्त्रीसमेत रहेको झलनाथ खनाललेसमेत राष्ट्रपति हुने चाहना राखेका छन् । ओली भने सुरुदेखि नै विद्यालाई दोहोर्याउने पक्षमा रहेका छन् । माअोवादीले भने अबको राष्ट्रपतिको बिषयमा छलफल जारी राखेको छ । ओली र प्रचण्डले भागबण्डाको गृहकार्य गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेको बताइन्छ । राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन पासाङलाइ दोहोर्याउने अाेलीको तयारी छ । तर प्रचण्डले भने यस बिषयमा अहिले नै मुख खोलिसकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies