Khabar Dabali Logo
  October 30, Fri

तारजाली नहुँदा माथिल्लो मस्र्याङ्दी ‘ए’ बाँधक्षेत्रमा जोखिम

 

लमजुङ । लमजुङमा निर्माण सम्पन्न माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो ।

आयोजनाले बाँधक्षेत्र वरपर केही स्थानमा तारजाली राखे पनि अधिकांश स्थानमा तारवार नगरिँदा स्थानीयवासी, व्यक्ति तथा पशुचौपायलाई खतरा भएको हो । मस्र्याङ्दी नदी र ङादी खोलाको गहिरो तलाउ वरपर कुनै छेकबार नहुँदा स्थानीयवासी समुदाय नै जोखिममा बस्नु परेको स्थानीयवासी सुकमाया श्रेष्ठले बताए । “आयोजनाको तलाउ नजिकै बस्ती छ, तलाउमा छेकबार छैन,” श्रेष्ठले भने “केटाकेटी, पशु चौपायालाई जोखिम भएको छ ।”

आयोजनाले सुरक्षित तारजाली लगाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नगरेको स्थानीयवासीको गुनासो छ । बाँधक्षेत्रमै भएको मोटरेबल पुल पनि जोखिमपूर्ण रहेको स्थानीयवासीको गुनासो छ । ङादीखोलामा निर्माण गरिएको मोटरेबल पुलमुनि रहेको जाली तथा पर्खाल भत्किएकाले जोखिमपूर्ण भएको हो ।

जोखिमपूर्ण पुलबाट त्रसित हुँदै व्यक्ति तथा सवारी आवागमन हुने गरेको छ । साँझको समयमा बाटो हिँड्नेलाई पनि समस्या भएको स्थानीयवासी प्यारीमाया तामाङले बताए । “साँझ परेपछि मदिरा सेवन गरेका हल्लिदै हिँड्छन्”, तामाङले भने “को कुन बेला पोखरीमा खस्छ भन्न सकिन्न ।”

गत वर्ष निर्माण सम्पन्न ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन तथा बिक्री–वितरण शुरु गरिसके पनि जोखिमपूर्ण समुदायमा गर्नुपर्ने काम नगरेको स्थानीयवासीको आरोप छ । आयोजनाले स्थानीयवासीबीच गरेका प्रतिबद्धता पनि पूरा नगरेको स्थानीयवासीको गुनासो छ । रासस

माघ १ गते, २०७४ - १३:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top