Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ट्रम्पको योजना ‘शताब्दीकै झापड’

\"\"प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन् ।

रमल्लाहमा विभिन्न राजनीतिक गुटहरुको दुई दिने बैठकको शुरूमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । प्यालेस्टाइनको केन्द्रीय परिषद्ले अघिल्लो महिना जेरूसलेमलाई इजरेली राजधानीको मान्यता दिने ट्रम्प प्रशासनको निर्णयबारे आफ्नो औपचारिक प्रतिक्रिया तय गर्न उक्त बैठक आह्वान गरेको हो । उक्त उच्चस्तरीय बैठकमा बोल्दै अब्बासले इजरेल प्यालेस्टाइन द्वन्द्व अन्त्य गराउन अन्तिम सम्झौता गराउने ट्रम्पको घोषणाले अन्तत: प्यालेस्टाइनमाथि झापड हानेको बताए । उक्त बैठकले ओस्लो शान्ति सम्झौता रद्द गर्ने र इजरेलसँगको सुरक्षा समन्वय समेत समाप्त गर्ने विषयमा छलफल गरिरहेको बुझिएको छ । प्यालेस्टिनीहरूले लामो समयदेखिका यी सम्झौतामा व्यक्त प्रतिबद्धताबाट इजरेल पछि हटिरहेको तर्क गर्दै आएका छन् । उनीहरूले अब मध्यपूर्वको मामिलामा संयुक्त राज्य अमेरिकाले मध्यस्तता गर्न नसक्ने जनाएका छन् । र, राष्ट्रपति अब्बासले पुन: संयुक्त राष्ट्र संघ र अन्य देशहरूलाई बढी सलंग्न हुन आग्रह गरेका छन् । राष्ट्रपति अब्बासले खरो टिप्पणी गरेपनि धेरै विश्लेषकहरूले यो बैठकले कुनै नाटकीय निर्णयमा आशंका गरेका छन् । किनभने त्यस्ता कदमले नयाँ कूटनीतिक प्रयासहरूलाई संकटमा पारिदिने चिन्ताहरू व्यक्त भएका छन् । उक्त परिषद्ले नीतिगत सुझाव मात्र दिन सक्नेछ र अन्तिम निर्णय पिएलओ भनिने प्यालेस्टाइनको सबैभन्दा उच्चस्तरीय निकायको कार्यकारी समितिले गर्नेछ । सबै प्यालेस्टीनी समूहहरूलाई उक्त वार्तामा बोलाइएको थियो तर हमास र इस्लामिक जिहाद नाम गरेका संगठनहरूले सहभागिता जनाएका छैनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies