Khabar Dabali Logo
  October 21, Wed

देउवाको कारण राष्ट्रिय सभा चुनाव सर्न सक्ने, अायोगले दियो चेतावनी

काठमाडाैं । प्रदेश प्रमुख नियुक्तिमा थप ढिलाइ भए माघ २४ गतेका लागि निर्धारित राष्ट्रिय सभाको चुनाव सार्नुपर्ने अवस्था आउन सक्ने निर्वाचन आयोगका प्रवक्ताले बताएका छन् । प्रदेश प्रमुखले शपथ दिलाएपछि मात्रै प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभाको चुनावका लागि मतदाता बन्न पाउने कानूनी प्रावधान छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाइसकेको आयोगले प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभामा चुनिएका समानुपातिक सांसदको परिणाम बुझाउन पाएको छैन । राष्ट्रिय सभा निर्वाचनका २०५६ मतदातामा प्रदेश सभाको समानुपातिक र प्रत्यक्ष गरी ५ सय ५० जना छन् ।

र, प्रदेश प्रमुखले शपथ खुवाएपछि मात्र उनीहरूले कानूनी हैसियत पाउने प्रावधान छ । आयोग अधिकारीहरूका अनुसार प्रदेश प्रमुख नियुक्ति, उनको आफ्नै शपथ ग्रहण र पद सम्हालेर प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण गराउने जस्ता काम कम्तीमा माघ ४ गतेभित्र हुन जरूरी छ ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, “माघ ७ गते आयोगले मतदाता नामावली प्रकाशित गर्न सकिएन भने राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेछ। त्यसैले छिटोभन्दा छिटो प्रदेश प्रमुख नियुक्ति हुन जरुरी छ ।”

आयोगको दबाब तथा प्रदेश प्रमुखको आवश्यकताबारे राष्ट्रपतिको चासो देखाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने भनिएको मन्त्रिपरिषद्को बैठक पटक-पटक सार्दै आएका छन् ।

आइतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले प्रमुख दलहरूसँगको छलफलपछि प्रदेश प्रमुखबारे निर्णय गर्ने बताएका थिए ।

कतिपयले राष्ट्रिय सभा कार्यतालिकालाई छोट्याएर माघ २४ गतेको निर्धारित समयमा नै गर्न सकिने बताए पनि तालिका भने हेरफेर गर्न नमिल्ने आयोगले जनाएको छ ।

त्यसबारे प्रवक्ता ढकाल भन्छन्, “नामावली सार्वजनिक गर्ने दावी विरोध गर्ने लगायतका सम्पूर्ण निर्वाचन तालिका कानूनी रुपमा नै व्यवस्थित भएका हुन्छन्। कार्यतालिकामा थप समय राखिएको छैन। आवश्यक समय मात्र राखिएको छ ।”

स्थानीय तहका प्रमुख तथा उप-प्रमुख गरी १,५०६ जना राष्ट्रिय सभाका बाँकी मतदाता हुन् ।

सरकारले ढिलासुस्ती गरिरहे पनि राष्ट्रिय सभामा दर्ता भएका २७ वटा राजनीतिक दलले निर्वाचनको आन्तरिक तयारी गरिरहेको देखिएको छ ।

माघ १ गते, २०७४ - ११:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top