Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

\"\"काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत रहेका ६ प्रदेशमध्ये एमालेको भागमा ४ र माओवादीको भागमा २ प्रदेशको नेतृत्व पर्ने भएकाे छ । नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलबाट सभामुख हुनुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो । दुवै दलबीच प्रतिनिधिसभा र प्रदेशसभाकोमाओवादीले भनेजस्तै एउटा दलको मुख्यमन्त्री भएको स्थानमा अर्कै दलका तर्फबाट सभामुख बनाइने हो भने एमालेको भागमा २ र माओवादीको भागमा ४ सभामुख पर्नेछ । ‘हामी पार्टी एकता नै गर्दैछौं तर अहिले तत्कालको अवस्थामा जुन पार्टीको मुख्यमन्त्री हुन्छ, त्यो ठाउँमा अर्को पार्टीका तर्फबाट सभामुख हुने गरी जाँदा ठीक हुन्छ कि भन्ने हाम्रो धारणा छ,’ नेकपा माओवादीका तर्फबाट कार्यदल सदस्य वर्षमान पुन अनन्तले भने, ‘यद्यपि यो विषयलाई अन्तिम टुंगो लगाउन बाँकी नै छ ।’ यसो गरिए ६/६ जना मुख्यमन्त्री र सभामुखमध्ये ४/४ जना मुख्यमन्त्री र सभामुख एमालेको भागमा पर्छ । यो विषयमा अब शीर्ष नेताहरूको तहमा छलफल हुनेछ । कार्यदलले आउँदो बुधबार शीर्ष नेताहरूसँग छलफल गर्नेछ । कार्यदलका संयोजक एमाले नेता सुवास नेम्वाङले छलफलमा आएका विषयमा अब अध्यक्षहरूको तहमा कुराकानी हुनेछ । एमाले अध्यक्ष केपी ओली मंगलबार बैककबाट फर्कंदैछन् । उनी आएलगत्तै यसबारे टुंगो लाग्नेछ । कार्यदलले सातवटै प्रदेशको तथ्यांक राखेर आइतबार दुवै दलको स्थिति आकलन गरेको थियो । त्यसअनुसार प्रदेश १ र ३ मा एमालेको एक्लै बहुमत पुग्ने भएकाले त्यहाँको सरकार निर्माणमा एमालेकै मत निर्णायक हुने भएको छ । यी दुई प्रदेशमा माओवादीले करिब आफ्नो दाबी नै प्रस्तुत नगर्ने मनस्थिति देखाएको छ । बाँकी ४ प्रदेशमा एमाले र माओवादी मिल्दा मात्र बहुमत पुग्ने भएकाले ती स्थानमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगो लगाउनुपर्नेछ । माओवादीले आफ्नो पकड क्षेत्र बढी भएकाले प्रदेश ६ मा दाबी गर्दै आएको छ । प्रदेश ४, ५ र ७ मध्ये ४ र ५ मा एमालेले बढी चासो दिएको छ । यीमध्ये कुनमा कसले नेतृत्व गर्ने भन्ने पनि शीर्ष तहको बैठकले निर्णय गर्नेछ । प्रदेश २ मा भने वाम गठबन्धनको बहुमत नपुग्ने भएकाले त्यहाँ अन्य दलकै सरकार बन्ने अवस्था रहेको कार्यदलको मूल्यांकन छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies