माघ १ गते, २०७४ सोमवार 15th January, 2018 Mon०८:४८:२७ मा प्रकाशित
काठमाडौं । ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ ।
अाजकाे अन्नपूर्ण पाेष्टमा खवर छ ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं ।
लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो ।
जन्मिएको १० दिनमै जुनिचाँदे गाउँपालिका-२ का मनोज तिरुवाल र रमेश शाहीले ज्यान गुमाए । २५ दिनका धीरेन्द्र शाहीको पनि अल्पायुमै ज्यान गयो । सोही वडाका अढाई महिनाका रेवना नाथको पनि मृत्यु भयो । पुस १२ गतेदेखि प्रकोप फैलिएको हो । न्वारान नै नगरी सात दिनमै छोरालाई गुमाए खड्गबहादुर शाहीले ।
उनका छोराको हाइपोथर्मिया (जाडोले हुने कम्पन) बाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जुनिचाँदे गाउँपालिका-३ का एकमहिने खड्ग परियार बिते । त्यस्तै, ७० वर्षकी आइती तिरुवाले पनि ज्यान गुमाइन् । ७९ वर्षीय शत्रुप शाहीले पनि ज्यान गुमाए ।
५४ वर्षीय कर्सिङ टमटाको ज्यान गयो । पुस १९ गते बितेकी ५५ वर्षीया धनसरा नाथमा मात्र रुघाखोकीको लक्षण देखियो । ‘एक जनामा मात्र रुघाखोकीको लक्षण देखिएकाले भाइरल इन्फ्लुएन्जा हो कि भन्ने आशंका छ’, विभागका निर्देशक डा. आचार्य भन्छन्, ‘कोही निमोनिया त कोहीमा मुटु र स्नायु प्रणालीमा समस्या भएको पाइएको छ । वृद्धवृद्धामा दम र मुटुको समस्या देखिएको छ ।’
पुस ८ पछि नवजात शिशु मृत्यु हुने क्रम बढ्न थालेको हो । हालसम्म जुनिचाँदेका वडा नं १, २, ३ र ११ मा फैलिएको भाइरल ज्वरोबाट पाँच वर्षमुनिका सात जना र ५० वर्ष माथिका ६ जना गरी १३ जनाको मृत्यु भएको छ भने झन्डै २ हजार बिरामी परेका छन् । तीमध्ये पाँच जनाको रगत परीक्षण गर्दा १ जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको थियो ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: