Khabar Dabali Logo
  October 25, Sun

नेपाल पत्रकार महासंघ युएई शाखाको दशाैं वार्षिक उत्सब सम्पन्न 

युएई ।  नेपाल पत्रकार महासंघ युएई शाखाकाे दशाैं वार्षिक उत्सब सम्पन्न  भएकाे छ । शाखाले बर्षेनी प्रदान गर्दै  अाएकाे ‘एफएनजे युएई अवार्ड’ बर्ष २०१७ का लागि पत्रकार राम प्रसाद ढुङेललाई प्रदान गरेको छ । ढुङेल अनलाईन खबरसंग अावद्व पत्रकार हुन ।

यो अवार्ड युएईमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई प्रदान गरिदै अाएकाे छ । वार्षिक उत्सबको अवसरमा शुक्रबार दुबईमा आयोजित कार्यक्रममा महासंघका भुतपुर्ब केन्द्रिय अध्यक्ष शिव गाउँलेकाे हातबाट उक्त अवार्ड ढुङेललाई हस्तान्तरण गरियाे ।

ढुङेल बिगत १४ बर्ष देखी निरन्तर पत्रकारितामा सक्रिय छन । यसैगरी शाखाले लामो समय देखि विदेशमा रहि नेपाली श्रमिकका पक्षमा कलम चलाउदै आएकाे भनि पत्रकार सुशान आचार्यलाई नव प्रतिभा पत्रकार प्रशंसा पत्रले सम्मान गरेको छ । आचार्य खबरडबलीमा आवद्व छन ।

वार्षिक उत्सबको अवसरमा शाखाले आधारभुत तथा खोज पत्रकारिता सम्बन्धी एकदिने तालिमको पनि आयोजना गरेको थियो । खोज पत्रकारिता केन्द्रका सम्पादक तथा महासंघका भुतपुर्ब अध्यक्ष शिव गाउँलेले प्रशिक्षार्थीलाई तालिम दिएका थिए ।

तालिममा युएईमा कृयाशील पत्रकारहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ४५ जनाकाे सहभागिता थियाे । शाखाले संस्थापक सदस्य निमेष गिरी र नारायण अधिकारीलाई सम्मान गरेको थियाे ।

कार्यक्रममा नेपालबाट आएका प्रशिक्षार्थी गाउले र बिशेष अतिथि प्रेस सेन्टर नेपाल क्षेत्र नम्बर ३ का संयोजक सुनिल खडकालाई महासंघले मायाको चिनो र उपहारका साथ सम्मान गरेको थियो ।

माघ १ गते, २०७४ - ०८:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top