Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

थारू समुदायमा माघीकाे रौनक

\"\"गुलरिया ।  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीले थारू बस्तीमा रौनक छाएको छ । मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका आफन्ती घर फर्किसकेका छन् । घरलाई विशेष प्रकारले लिपपोत गरी सजाइएको छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ । बर्दियाको बढैयाताल ५ मुक्त कमैया बस्तीका थारू युवायुवती मघौटा नाच्दै । नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले थारू समुदाय बिहानै नुहाईधुवाई गरेर शिवको पूजा गरी सेतो चामलको टीका लगाउने गर्छन् । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने परम्परा रहेको बढैयाताल गाउँपालिका–५ प्रगतिनगरकी रामचेतना थारूले बताइन् । यस चाडमा गच्छेअनुसार थारूहरूले, ढिकरी लगायतका परिकार तथा सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने गर्छन् । सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको स्थानीय रामबहादुर चौधरीले बताए । यतिखेर थारू समुदायका केटाकेटी, युवायुवती, महिला मघौटा नाच्दै रमाइरहेका छन् । उनीहरू आफ्नै पहिरनमा सजिएका छन् । थारू समुदायमा माघीकै दिन वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवक, गुरुवालगायत गाउँका अगुवा चयन गरिन्छ । यो पर्वले आपसी सद्भावको विकास गरेको स्थानीय अगुवा बताउँछन् । दासता सम्झाउने पर्व दाङमा २०५७ सालसम्म थारू समुदायका अधिकांश परिवार जमिन्दारको घरमा बसिरहेका हुन्थे । हरेक माघ १ अर्थात् माघीका दिन जमिन्दारको घरमा कमैया र कम्लरी जाने र पुरानालाई नवीकरण गर्ने गरिन्थ्यो । माघी विगतमा दासताको प्रतीक थियो । सरकारले ०५७ साउन २ बाट कमैया र ०७० असार १३ गते को घोषणा गरेपछि भने कमैया र कम्लरी दासताबाट मुक्त भए । यद्यपि अझै पनि केही कम्लरीको उद्धार गर्न बाँकी छ । ‘माघी विगतमा दासताको प्रतीक थियो, तर अहिले यो दिनलाई मुक्ति दिवसका रूपमा मनाउने अवस्था आएको छ,’ मुक्त कम्लरी विकास मञ्चकी सल्लाहकार उर्मिला चौधरी भन्छिन् । सरकारको घोषणायता दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट १२ हजार ८ सय ६९ कम्लरी मुक्त भएका छन् । अझै पनि कैलालीमा ५९, बाँकेमा १७ र कञ्चनपुरमा ११ गरी ८७ कम्लरीको उद्धार गर्न बाँकी छ । अहिले मुक्त भएका २ हजार ९ सय ६३ जना नियमित विद्यालय गइरहेको मुक्त कम्लरी विकास मञ्चले जनाएको छ । दाङमा मुक्त कमैयाको पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । दुई पटक लगत लिई जग्गा वितरण भए पनि अझैसम्म केही कमैयाले आफूहरूको लगत छुट भएको बताइरहेका छन् । भूमि सुधार कार्यालयले ०५७ र ०५९ सालमा मुक्त कमैयाहरूको लगत लिएर रातो, नीलो, पहेँलो र सेतो परिचयपत्र वितरण गरेको थियो । घरबारविहीनलाई रातो, ऐलानी जग्गा ओगटेर बसेकालाई नीलो, दुई कट्ठासम्म जग्गा भएकालाई पहेँलो र दुई कट्ठाभन्दा बढी जग्गा भएकालाई सेतो परिचयपत्र वितरण गरिएको छ । जसमध्ये अहिलेसम्म रातो र नीलो परिचयपत्र पाएकालाई पाँच कट्ठा जग्गा वितरण गरिएको छ । हाल जिल्लाका लालमटियाको पाखापानी र मुक्तिनगर, घोराहीको बेलभार, गंगापरस्पुरको सालझन्डी, सतबरियाको कमानपुर र गढवाको चिलियामा मुक्त कमैयालाई जग्गा वितरण गरिएको छ । ०५७ सालको लगतअनुसार १ हजार १ सय ६६ र ०५९ को छुट लगत गरी हाल जिल्लामा मुक्त कमैया १ हजार ४ सय २६ छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies