Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

६ प्रदेश मध्य बहुमत रहेका २ प्रदेशमा माओवादी र ४ प्रदेशमा एमाले नेतृत्व गर्ने

\"\"काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत रहेका ६ प्रदेशमध्ये एमालेको भागमा ४ र माओवादीको भागमा २ प्रदेशको नेतृत्व पर्ने भएकाे छ । नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलबाट सभामुख हुनुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो । दुवै दलबीच प्रतिनिधिसभा र प्रदेशसभाकोमाओवादीले भनेजस्तै एउटा दलको मुख्यमन्त्री भएको स्थानमा अर्कै दलका तर्फबाट सभामुख बनाइने हो भने एमालेको भागमा २ र माओवादीको भागमा ४ सभामुख पर्नेछ । ‘हामी पार्टी एकता नै गर्दैछौं तर अहिले तत्कालको अवस्थामा जुन पार्टीको मुख्यमन्त्री हुन्छ, त्यो ठाउँमा अर्को पार्टीका तर्फबाट सभामुख हुने गरी जाँदा ठीक हुन्छ कि भन्ने हाम्रो धारणा छ,’ नेकपा माओवादीका तर्फबाट कार्यदल सदस्य वर्षमान पुन अनन्तले भने, ‘यद्यपि यो विषयलाई अन्तिम टुंगो लगाउन बाँकी नै छ ।’ यसो गरिए ६/६ जना मुख्यमन्त्री र सभामुखमध्ये ४/४ जना मुख्यमन्त्री र सभामुख एमालेको भागमा पर्छ । यो विषयमा अब शीर्ष नेताहरूको तहमा छलफल हुनेछ । कार्यदलले आउँदो बुधबार शीर्ष नेताहरूसँग छलफल गर्नेछ । कार्यदलका संयोजक एमाले नेता सुवास नेम्वाङले छलफलमा आएका विषयमा अब अध्यक्षहरूको तहमा कुराकानी हुनेछ । एमाले अध्यक्ष केपी ओली मंगलबार बैककबाट फर्कंदैछन् । उनी आएलगत्तै यसबारे टुंगो लाग्नेछ । कार्यदलले सातवटै प्रदेशको तथ्यांक राखेर आइतबार दुवै दलको स्थिति आकलन गरेको थियो । त्यसअनुसार प्रदेश १ र ३ मा एमालेको एक्लै बहुमत पुग्ने भएकाले त्यहाँको सरकार निर्माणमा एमालेकै मत निर्णायक हुने भएको छ । यी दुई प्रदेशमा माओवादीले करिब आफ्नो दाबी नै प्रस्तुत नगर्ने मनस्थिति देखाएको छ । बाँकी ४ प्रदेशमा एमाले र माओवादी मिल्दा मात्र बहुमत पुग्ने भएकाले ती स्थानमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगो लगाउनुपर्नेछ । माओवादीले आफ्नो पकड क्षेत्र बढी भएकाले प्रदेश ६ मा दाबी गर्दै आएको छ । प्रदेश ४, ५ र ७ मध्ये ४ र ५ मा एमालेले बढी चासो दिएको छ । यीमध्ये कुनमा कसले नेतृत्व गर्ने भन्ने पनि शीर्ष तहको बैठकले निर्णय गर्नेछ । प्रदेश २ मा भने वाम गठबन्धनको बहुमत नपुग्ने भएकाले त्यहाँ अन्य दलकै सरकार बन्ने अवस्था रहेको कार्यदलको मूल्यांकन छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies