काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । अाइतबार पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सूचना आयुक्त किरणकुमार पोखरेल, सचिव शंकरप्रसाद पाठकलगायतले संयुक्तरुपमा ती पुस्तक विमोचन गरे ।
‘सूचनाको अधिकार’ नामक पुस्तकमा सूचनाको हक, सुशासन, राष्ट्रिय सूचना आयोगको भूमिका, लोकतन्त्र, प्रेस स्वतन्त्रतासम्बन्धी लेख, सूचनाको वर्गीकरण, खुल्ला सरकारको अवधारणालगायत विभिन्न २६ वटा लेख समावेश छ । यो आयोगको तेस्रो अंक हो ।
सफलताका कथाहरु पुस्तकमा सूचना माग, आदेश र कार्यान्वयन एकै दिनमा, सूचनाको स्वयंसेवक परिवर्तन, निःशुल्क औषधिको सूची प्राप्तलगायत २० वटा लेख समावेश छ । त्यसैगरी महत्वपूर्ण आदेशमा नेपालमा स्थापित सबै स्थानीय तहका नाममा पाँच बुँदे आदेश जारी, सबै जिल्ला प्रशासन कार्यालयका नाममा आफू कहाँ दर्ता भएका गैरसरकारी संस्थानको एकीकृत विवरण सूचना मागकर्तालाई उपलब्ध गराउनुलगायतका पाँचवटा जारी आदेश संग्रहित छ । प्रमुख आयुक्त बाँस्कोटाले जनता मुलुकको मालिक भएकाले कुनै पनि सूचना अधिकारीले भेदभाव नगरी ऐनअनुसार सूचना प्रदान गर्नुपर्नेमा जोड दिंदै उच्च मनोबलका साथ काम गर्न सूचना अधिकारीलाई आग्रहसमेत गरे । उहाँले प्रथम तीन वर्षमा स्कूलको पाठ्यक्रममा सूचनाको हक समावेश, रेडियो टेलिभिजन र पत्रपत्रिकाबाट सन्देशमूलक जानकारी प्रवाह, स्वतन्त्र आयोगको लोगो निर्माण, आयोगको पाँच वर्षे रणनीति पत्र जारी, राष्ट्रिय आयोगका सबै जिल्लामा सम्पर्क बिन्दु खडा गर्नेलगायतका विषयमा काम गरेको जानकारी दिए । आयुक्त पोखरलेले सूचनाको हक लोकतन्त्रको आधार हो भन्नुभयो भने सचिव पाठकले कर्मचारी तन्त्र सूचना दिन प्रतिबद्ध हुने उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी केदार शर्माले काठमाडौँ जिल्ला सूचनामैत्री भएको दाबी गरे । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: