Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टेलिकमको साधारणसभामा अहिलेसम्मकै बढी लाभांस वितरण

\"\"काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट रु.५५ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४/७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक समेत पारित गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मितिदेखि तीन वटा साधारण सभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको दशौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिबेदन पेश गर्दै उनले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गण्ुाात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए । उनले आर्थिक वर्ष २०७३÷७४ मा खुद मुनाफा रु. १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आ.व.को तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई नवीनतम प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको जानकारी दिए । उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अति विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए । यसै सिलसिलामा समीक्षा अवधिमा कम्पनीको योगदान महत्वपूर्ण रहेको र उपभोक्ताहरूलाई नवीनतम तथा विश्वस्तरीय प्रविधिमार्फत उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुरुप समीक्षा वर्षमा नेपालमै पहिलो पटक ीत्भ् प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा ९द्धन्० शुरु गर्न सफल भएको साथै द्धन्र ीत्भ् सेवा देशैभरि विस्तार गर्न गरिएको टेन्डरमा प्राप्त प्रस्तावहरु हाल मूल्याङ्कनको प्रक्रियामा रहेको जानकारी गराए । सो अवसरमा उहाँले सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर वृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्ने कार्यको शुरुवात गरिएको र यस प्रविधिअन्तर्गतका एक्सचेन्जहरूमा शतप्रतिशत एडीएसएल सेवाको क्षमता हुने भएकोले ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउनसमेत सम्भव हुने जानकारी दिए । कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई कम्पनीको सेवा विस्तार तथा सेवाको गुणस्तर कायम गर्न अहम् भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको समेत जानकारी दिए । उनले रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी यसका लागि आवश्यक तयारी कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनी महानुभावहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिदै कम्पनीका अगाडि हाल अवसर र चुनौती दुवै भएको बताउँदै आगामी दिनमा कम्पनी सेवा र लगानी विस्तार, सेवाको व्यावसायिकरण तथा प्रतिस्पर्धात्मक भावनाका साथ अगाडि बढ्ने बताए । यसका लागि कम्पनी फोरजी, अप्टिकल फाइबर, माइक्रोवेभ लिंक, रणनीतिक साझेदार आदि क्षेत्रमा विभिन्न योजना निर्माणका साथ अगाडि बढिरहेको बताए । उनले आगामी दिनमा शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने उद्देश्यका साथ कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । कम्पनीले कम्पनी ऐनले तोकेको समय भित्र नै यो साधारणसभा सम्पन्न गर्न सफल भएको छ । शेयरधनीहरुलाई लाभांश रकम आगामी माघ २ गते देखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश रकम अहिले सम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies