Khabar Dabali Logo
  October 31, Sat

आफ्नै जीवनबारे प्रचण्डले यसो भने

काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् ।देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् ।

अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ – वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने प्रचण्डले बताए । देशले थुप्रै प्रकारका समस्या झेलेर अहिले सही ट्र्याकमा आएको उनले बताए ।

‘एक वर्ष अगाडिको समयलाई हामीले कल्पनासमेत गर्न सक्दैनौँ । सविधान त घोषणा भयो तर कार्यन्वयन हुने हो कि होइन ? भन्ने प्रश्न निक्कै पेचिलो थियो ।’ प्रचण्डले भने, ‘मधेसमा आन्दोलन र छिमेकसँगको सम्बन्ध चिसिएको थियो । देशको आर्थिक स्थिति निक्कै ऋणात्मक थियो ।’

उनले सविधान कार्यन्वयन नहुँदा राजनीतिक शून्यताबाट देशको भविष्य, राष्ट्रिय एकता र भौगोलिक अखण्डता के हुने भन्ने प्रश्न चिन्तित बनाउने गरेको बताए । प्रचण्डले गम्भिर प्रश्नको समाधान भइसकेको जिकिर गरे ।

प्रचण्डले आफ्नै जिवनबारे यसो भने…

आफ्नो जीवन निकै उतारचढावपूर्ण रह्यो । २०४६ सालको जनआन्दोलन पहिला सानो पार्टीको महासचिव भएको थिएँ । तुरुन्तै धेरै पार्टीहरु मिलाएर एकता केन्द्र मशाल बनाएँ । त्यो पाँच वर्ष संसदको उपयोग गरेपछि १० वर्ष जनयुद्धको नेतृत्व गरे ।

तत्कालिन ७ राजनीतिक दलबीच १२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता भयो । देश लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भयो । गणतन्त्र आउँदासम्म पनि सविधान बन्ने हो/होइन ? निकै कठिन थियो ।

धेरै ठूला अप्ठ्यारा, जटिलता तोड्दै सविधान घोषणा त गर्‍यौँ । तर, कार्यन्वनको पाटो फलामको चिउँरा चपाए जत्तिकै चुनौती र सकसपूर्ण थियो । यस्ता, अनेकन प्रकारका चुनौती र झमेलको सामना गर्दै स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भएको छ ।

स्थिर र बलियो कम्युनिष्ट सरकार बनाउने अवस्थासम्म आइपुग्यौँ। यी घटनाक्रमलाई स्पष्ट विम्ब अर्थात् चित्रमा देख्न सकिन्छ भने नेतृत्वको जिवन पनि निकै उतारचढावपूर्ण रहेको स्पष्टमा चित्र देख्न सकिन्छ ।

पुस ३० गते, २०७४ - ०७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top