Khabar Dabali Logo
  October 22, Thu

पुनर्निर्माण प्राधिकरणको प्रश्नः जग समेत नहाल्नेलाई दोस्रो किस्ता कसरी दिने ? प्राधिकरणको दुई वर्ष निराशाजनक

फाइल फोटो

काठमाडाैं । निजी आवास निर्माणका लागि पहिलो किस्ता लिएका तर यो महिनाको अन्त्यसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा नआएका भूकम्प पीडितलाई थप समय नदिइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गत वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकाहरुलाई यो वर्षको पुसभित्र अन्तिमसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।

त्यस अवधिमा दोस्रो किस्ताको माग गर्नुपर्ने करिब साढे ४ लाख पीडित परिवारमध्ये हालसम्म आधाजति पनि प्रकृयामा नआएको बताइएको छ ।

प्राधिकरणको दुई वर्ष ‘निराशाजनक’
भूकम्प पछिको तेस्रो वर्षको हिउँदसम्म पनि भूकम्प पीडितमध्ये सरकारी अनुदानबाट र सरकारबाट एकमुष्ट अनुदान लिनेगरी आफ्नो घर बनाइ सकेकाहरुको संख्या १ लाख पनि पुगेको छैन । २ लाखको हाराहारीमा घरहरु बन्दै गरेको तथ्याङक पुनर्निर्माण प्राधिकरणसँग छ ।

तर पहिलो किस्ता लिएका र दोस्रो किस्ता लिनका लागि पुस मसान्तसम्मको समय सीमा तोकिएका साढे चार लाख पीडितमध्ये १ लाख ८३ हजारले मात्रै दोस्रो किस्ता लिन आवेदन दिएको प्राधिकरणले जनाएको छ । अब उनीहरुलाई दोस्रो किस्ता लिन समय थप नगर्ने मनस्थितिमा आफूहरु पुगेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

‘किन चुप ?’
भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भीष्म भुसालले भने, “पैसा लिएर गएर १ वर्षसम्म जगसम्म पनि नहाल्ने परिवारका लागि सरकारले कुरेर बस्ने भन्ने हुँदैन । सरकारले पैसा र प्राविधिक सहयोग गर्दा पनि कोही १ वर्षसम्म चुप लाग्छ भने उसलाई घर आवश्यक छैन भनेर बुझ्नुपर्ने हुन्छ ।”

पीडित मध्ये कसैले सरकारले उपलब्ध गराउनुपर्ने प्राविधिक लगायतका सुविधा नपाएका कारण काम अगाडी बढाउन नसकेको पुष्टि गरेमा भने प्रकृयामा ल्याउन सकिने बताइएको छ ।

तर त्यसबारेमा थप निर्णय भने पहिले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले गर्ने छ । सहायक प्रवक्ता भुसालले असार मसान्तसम्म पहिलो किस्ता लिएकाहरुका लागि भने दोस्रो किस्ता लिने समय अझै रहेको बताए ।

उनले भने, “गएको असार मसान्तभित्र पहिलो किस्ता लिएकाले पनि चैत मसान्तसम्म घरको जग बसालेर दोस्रो किस्ताको दाबी गरिसक्नु पर्ने हुन्छ ।” लाभग्राहीको सूचीमा रहेका मध्ये झन्डै १ लाख मानिसहरु पहिलो किस्ताको रकमका लागि गरिनुपर्ने सम्झौता नै गर्न आएका थिएनन् ।

दोस्रो किस्ता वितरणपछि पीडित परिवारको संख्या अझै घट्ने बताइएको छ । प्राधिकरणले शुरुमा झन्डै पौने आठलाख परिवारलाई लाभग्राहीको सूचीमा राखेको थियो ।

पुस २९ गते, २०७४ - ०८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top