Khabar Dabali Logo
  October 27, Tue

झलनाथ खनालको यस्तो खुलासाः अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एक बन्छु

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकतापछि आफू पनि अध्यक्ष बन्न सक्ने बताएका छन् ।

हिजाे राजधानीमा भएकाे कार्यकंममा नेता खनालले भने ‘हाम्रो पार्टीमा अहिले पदीय व्यवस्थापनबारे कुरा भएको छैन, तर हामी सहमतिमा सबै कुरा टुँगो लगाउँछौं।’

उनले आफूहरु पार्टी एकताको अन्तिम प्रक्रियामा रहेको बताउँदै भने,‘कहिले एकता हुन्छ भनेर म मिति तोक्दिन्, तर सरकार निर्माण अघि नै पार्टी एकता हुन्छ, हामी एकतापछि पनि जबज अनुसार नै अघि बढ्छौं, जनताको बहुदलीय जनवाद हाम्रो मार्गदर्शन हो, यसबाट विचलित हुँदैनौं।’

पार्टी एकतापछि तपाई के बन्ने ? भनेर पत्रकारले राखेको अर्को जिज्ञासामा उनले भने,‘म राष्ट्रपति बने भने तपाईको मुखमा दुध र भात, म राष्ट्रपति बन्छु, यो चाहना मैले यसअघि नै प्रकट गरिसकेको छु, म पनि काविल मान्छे हुँ नि, अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिमध्ये जे पनि बन्छु । नेताहरुको पद व्यवस्थापन हामी मिलाउँछौं । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्री म पनि बन्न सक्छु।’

उनले पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने स्पष्ट पारे । त्यस्तै उनले पृथ्वी नारायण शाह राष्ट्रनायक भएकोले उनको भूमिका र योगदानलाई सबैले कदर गर्नुपर्नेमा जोड दिए ।

पुस २८ गते, २०७४ - ०९:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top