Khabar Dabali Logo
  October 28, Wed

आप्रवासीलार्इ किन देख्नै सक्दैनन् ट्रम्प ? फेरि आप्रवासीमाथि शब्द प्रहार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हेइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेका छन् । ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकका क्रममा ट्रम्पले किन ती देशका मानिसहरूलाई आफ्नो देशमा आउन दिनुपर्यो भनि प्रश्न गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट शब्दले कतिपय सांसदहरूलाई नै चकित पारेको बताइएको छ । उनले हेइटी, एल साल्भाडोर र अफ्रिकी देशविरुद्ध नराम्रो शब्द प्रयोग गर्दै त्यहाँका भन्दा बरू नर्वेका मानिसहरूलाई आफ्नो देशमा लिँदा हुने बताए ।

वासिङ्टन पोष्ट पत्रिकाका अनुसार रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूलाई ट्रम्पले किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ आउन दिने भनि प्रश्न गरेका थिए ।

उनले त्यसपछि स्पष्ट रुपमा किन नर्वेजस्ता देशका मानिसहरू यहाँ नआउने भनेका थिए । ट्रम्पले यसै साताको शुरूमा नर्वेका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेटेका थिए । क्यापिटल हिलका राजनीतिज्ञहरू आप्रवासन सुधार सम्बन्धी दुइपक्षीय सम्झौतालाई पुनर्स्थापित गर्ने कोशिश गरिरहेका छन् ।

अमेरिकामा आप्रवासीको रुपमा अवैध रुपमा ल्याइएका बालबालिकाको कानूनी सुरक्षा पुनर्स्थापित गर्ने प्रयास उनीहरूले गरिरहेका छन् । यसै हप्ता ह्वाइट हाउसमा भएको लामो बैठकलाई ट्रम्पले टेलिभिजनमार्फत प्रशारण गर्न अनुमति दिएका थिए । उनले अपमानजनक शब्दहरू भने बन्द कोठामा भएको बैठकमा प्रयोग गरेका थिए । बीबीसी

पुस २८ गते, २०७४ - ०९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top