Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

\"\"काठमाडाैं । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले नियमित विषयमा मात्र निर्णय हुने बताए । प्रदेश प्रमुख नियुक्ति, अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्ने विषयमा कुनै निर्णय नहुने उनले बताए । अाजको नयाँ पत्रिकामा खबर छ-उनका अनुसार कर्मचारी समायोजन ऐनमा रहेको व्यवस्थाअनुसार समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । कर्मचारी समायोजन ऐनमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि सरकारले प्याकेज घोषणा गरी आह्वान गर्नुपर्ने व्यवस्था छ । २८ पुसमा कर्मचारी समायोजन ऐन जारी भएको तीन महिना पूरा हुँदै छ । स्रोतका अनुसार शुक्रबारको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत महत्वपूर्ण राजनीतिक निर्णयहरू गर्दै छ । बिहीबार दिनभर परामर्श प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्नेबारे बिहीबार दिनभर राजनीतिक परामर्श गरेका छन् । उनले पार्टीका नेता र सरोकारवाला अन्य व्यक्तिहरूसँग परामर्श गरेको वाणिज्यमन्त्री मिन विश्वकर्माले बताए । परामर्शपछि नै शुक्रबार नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारीबाट प्रधानमन्त्री देउवा पछि हटेका हुन् । सरकारले प्रदेश प्रमुखसँगै अस्थायी कार्यालय पनि तोक्नुपर्ने र अस्थायी कार्यालय तोक्दा जनतामा त्यो नै अस्थायी राजधानी हो भन्ने सन्देश जाने चिन्ता प्रधानमन्त्रीमा रहेको एक मन्त्रीले बताए ।  आज पनि मन्त्रिपरिषद्, तर निर्णय अन्योलमा प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताए । आगामी सोमबारसम्म निर्णय गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । यसअघि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने बताएका थिए । त्यस्तै, सरकारका अन्य मन्त्रीहरूले पनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालयमध्ये एक तोक्ने बताएका थिए । प्रदेश प्रमुख नहुँदा के–के अप्ठ्यारा ? निर्वाचन आयोगले परिणाम सार्वजनिक गर्न सक्दैन निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण प्रदेश प्रमुख नियुक्त नहुँदासम्म आयोगले प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्दैन । राष्ट्रिय सभा निर्वाचन रोकिन्छ निर्वाचन आयोगले प्रदेश प्रमुखलाई निर्वाचन परिणाम नबुझाएसम्म प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधि वैधानिक रूपमा प्रदेश सभाको सदस्य बन्न सक्दैनन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यहरू मतदाता हुने व्यवस्था छ । तर, प्रदेश प्रमुख नतोक्दा २४ माघका लागि घोषणा भएको निर्वाचनसमेत प्रभावित हुन्छ । शपथग्रहणमा समस्या संविधानमा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथग्रहण गराउने व्यवस्था छ । शपथग्रहणपछि मात्र प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनको मतदाता बन्न सक्नेछन् । तर, प्रदेश प्रमुख नहुँदासम्म शपथग्रहणको प्रक्रिया अघि बढ्न सक्दैन । प्रदेश सरकार गठनमा ढिलाइ प्रदेश प्रमुख नियुक्त नहुँदासम्म प्रदेश सभाका लागि निर्वाचित जनप्रतिनिधिले वैधानिक हैसियत पाउँदैनन् । प्रदेश सभासमेत गठन हुन सक्दैन । प्रदेश सभा नहुँदासम्म प्रदेश सरकार गठनको प्रक्रिया नै सुरु हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies