Khabar Dabali Logo
  October 21, Wed

‘लोकमान ढाल्यौँ, अब केपी ओली ढाल्छौं, ओलीविरुद्ध आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओलीकेन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसीसमर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए ।स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ‘निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोविन्द केसीलाई सोध्नु’ भनेर अभिव्यक्ति दिएपछि उनका समर्थक आक्रोशित भएका हुन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ-केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

अधिवक्ता अर्यालले केसीविरुद्ध पटकपटक ओलीको अभिव्यक्ति आएको बताए । ‘अबको केसीको आन्दोलन एमाले अध्यक्ष ओलीविरुद्ध हो,’ उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालिरहेका छौँ । यस्तो नक्कली राष्ट्रवाद ढालेरै छाड्छौँ ।’ उनले डा. केसीलाई मरे पनि मरोस् भन्ने र विरोध गर्ने मान्छेहरू ओलीको संरक्षणमा रहेको आरोप लगाए ।

लोकमान ढाल्यौँ, अब ओली
केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अन्त्य गरिसकेकाले अब ओलीको पालो आएको बताए । ‘लोकमानलाई ढाल्ने यिनै आन्दोलनकारी हुन्, यसले नै ओली शासन ढालेर देखाउनेछौँ,’ सिंहले भने, ‘हामी उनलाई ज्ञानको पाठ सिकाउँछौँ ।’ सामान्य रूपमा बिरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट उपचारका लागि विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए ।

अनशनको चौथो दिन

बिहीबार अनशन तोड्ने कि जारी राख्ने भन्ने विषयमा बिहान साढे ७ बजे डा. केसीले सहयोगीहरूसँग छलफल गरेका थिए । छलफलले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र डिनमा डा. जगदीश अग्रवालको पुनर्वहाली नभएसम्म अनशन जारी राख्ने निर्णय भएको केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए । छलफलपछि केसीले ३० मिनेट एमडीका विद्यार्थीलाई पढाए । त्यसपछि अनशनस्थलमा आएर दिनभर आराम गरे । लामो समय पढाएका कारण केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनका सहयोगीका अनुसार केसीको शरीरका मसल दुख्न थालेका छन् । उनी कोहीसँग बोल्न नसक्ने अवस्थामा पुगेका छन् । मुटुको धड्कन बढेको, छाती दुखेको र ब्लडप्रेसर कम भएको छ ।

पुस २८ गते, २०७४ - ०७:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top