Khabar Dabali Logo
  October 22, Thu

‘पार्टी एकतापछि प्रचण्ड र ओलीको जिम्मेवारी बराबरी हुन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकतापछि दुबै दलका अध्यक्षको जिम्मेवारी र हैसियत बराबरी हुनेगरी एकताको तयारी भएको बताएका छन् ।

खबरडबलीसँगको कुराकानीका क्रममा नेता थापाले पार्टी एकतापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको जिम्मेवारी बराबर हुने बताएका हुन् । उनका अनुसार दुबैदलका दोस्रो र तेस्रोतहका नेताहरुकको भने जनमत, र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति भएको छ । ‘माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको हकमा उहाँहरु बराबर नै हुने हो,’ नेता थापाले भने, ‘दोस्रो तह, तेस्रो तहमा भने जनमत, व्यक्तित्व वा नेतृत्वको योगदान जस्ता बिषयलाई हेरेर पार्टी एकताको भावना कायम राख्न र दुवै पक्षको सन्तुलन कायम गर्नमा सबै सहमत छौँ ।’ पार्टी एकतामा संगठनात्मक समस्या नभएको भन्दै नेता थापाले जिम्मेवारी बाँडफाँडको मापदण्ड बनाएको समेत प्रष्ट पारे ।

चुनाव अघि र पछि कतिपय नेताहरुले व्यक्त गरेका विचार र सोचाईले पार्टी एकतामा ढिलाई भएको नेता थापाले बताए । उनका अनुसार एमाले माओवादी एकता भाड्न केही शक्तिहरु लागेका कारण पनि पार्टी एकतामा ढिलार्य भएको हो । ‘प्रतिपक्षीको चलखेल र दुबै पार्टीमा देखिएको केहि आन्तरिक असन्तुष्टीले पनि ढिलाई हुन थोरै भूमिका खेलेको मैले पाएको छु,’ उनले भने, ‘बाँडफाँडका कारण मात्रै ढिलाई भएको होइन ।’ दुबै दलमा आन्तरिक असन्तुष्टि भएको बताएका उनले त्यसका बारेमा भने खुलाउन चाहेनन् ।

चुनावलगत्तै पार्टी एकता गर्ने सहमति भन्दै वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीचको एकता अझै समम ठोस रुपमा अघि बढ्न सकेको छैन । नयाँ सरकार गठन हुनु अघि पार्टी एकता हुने दुबैदलका नेताहरुले बताँदै आएका छन् ।

पुस २७ गते, २०७४ - १३:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top