Khabar Dabali Logo
  October 26, Mon

न्यायिक इतिहासमै लज्जाको क्षणः प्रधानन्यायाधीश नै कठघरामा

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले बयानका क्रममा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध लगाएका ११ आरोपमध्ये दुइवटा आरोपमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बुधबार(हिजो) सर्वोच्चका न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो । बुधबारको इजलासले गरेको यो आदेशसँगै प्रधानन्यायाधीश पराजुली छानवीनको कठघरामा आएपुगेका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश नै छानवीनको कठघरामा आइपुगेको यो पहिलो घटना हो ।

सर्वोच्चका न्यायाधीशले प्रधानन्याधीशले गरेको निर्णयमाथि नै छानवीन गर्ने निर्णय गर्दा प्रधानन्यायाधीश पराजुलीकालागि सो क्षण निकै लज्जको पल बनेको छ । अझ प्रधानन्यायाधीश पराजुलीको योग्यता उपर नै छानवीन गर्ने निर्णय भएपछि आम सर्वसाधारणले अदालमाथि गर्ने बिश्वासमा समेत आँच आउने देखिन्छ । संविधानले ‘उच्च नैतिकवान’ व्यक्तिका रुपमा परिकल्पना गरेको सर्बोच्च अदालतका प्रधानन्यायाधीश नै कठघरामा आइपुगेपछि नेपालको न्यायिक क्षेत्रमाथि गम्भिर प्रश्न उठेको छ ।

प्रधानन्यायाधीश पराजुलीको बेन्चले आइओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि पराजुलीले पेश गरेका दुई नागरिकता एकअर्कासँग मेल नखाने र उनको एसएलसीको शैक्षिक प्रमाणपत्र समेत नभएको भन्दै डा. केसीले छानबिनको माग गरेका हुन् । प्रधानन्यायाधीश पराजुलीको निर्णयविरुद्ध अनसन बसेका केसी मंगलबार अनसनस्थलबाटै पक्राउ परेका थिए ।

पुस २७ गते, २०७४ - ११:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top