Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसरी ल्याए सुमार्गीले ‘अवैध धन’

\"\"काठमाडौँ । सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन् । उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन् । उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ । अाजकाे कान्तिपुरमा खबर छ-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन् । सबैभन्दा बढी रकम ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन् ।
 \"\"
कान्तिपुरलाई प्राप्त प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर (हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ) भित्र्याएका हुन् । प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ । यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर (५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ) रकम भित्र्याएका छन् (विस्तृतमा हेर्नुस् सूची) ।
बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ । हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर (१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ) र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड (५ करोड २५ लाख ९२ हजार रुपैयाँ) भित्र्याइसकेका छन् । जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ ।
भित्र्याइएको सबै रकम ट्याक्स हेवनबाट हो । यी मुलुकमा सम्पत्ति र करबारे छानबिन हुँदैन । कागजी कम्पनी खोलेर अन्य मुलुकमा अवैध रकम स्थानान्तरण गर्न यी मुलुकमा सजिलो हुने व्यवसायी बताउँछन् । सुमार्गीले रकम ल्याउन प्रयोग गरेका मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र ती देशबाट विदेश तथा विदेशबाट ती देशमा पैसा पठाउन सहज मानिन्छ, स्रोत खोजिँदैन । सुमार्गीले त्यस्तै मुलुक प्रयोग गरेका छन् ।
यस्ता मुलुकमा सेल कम्पनी खडा गरी विदेशी लगानी भन्दै कालो सम्पत्तिलाई सेतो बनाएर शुद्धीकरण गर्ने चलन बढेको छ । सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको कागजी संस्था हो । यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हुँदैन । सम्पत्ति तथा दायित्वहरूसमेत हुँदैन, ठेगाना र नाम मात्रै हुन्छ । यस्तो कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकमा दर्ता गर्छन् ।
प्रतिवेदनअनुसार उनले ८ अर्ब ९५ करोड ११ लाख ९१ हजार ६६ रुपैयाँ कुनै पनि निकायको स्वीकृति नलिई भित्र्याएका हुन् । ३ अर्ब १६ करोड ७३ लाख ९५ हजार २ सय रुपैयाँको मात्रै अनुमति लिएको देखिन्छ । अनुमति नलिई भित्र्याइएको रकममध्ये राष्ट्र बैंक र सम्बन्धित बैंकका अधिकारीहरूबीचको मिलेमतोमा करिब साढे ८ अर्ब रुपैयाँ प्रयोग गरिसकेका छन् । बाँकी भने नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा रोकिएको छ । यसबाहेक सुमार्गीले थप ११ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउने भन्दै उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावको प्रक्रिया भने अघि बढेको छैन ।
म्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रारम्भिक छानबिन समितिको प्रतिवेदनले सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रहेको निष्कर्ष निकालेको छ । भित्र्याइसकिएको र उद्योग विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे अध्ययन समितिले निष्कर्ष निकाल्न सकेको छैन । यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ । हालसम्म ल्याइसकिएको र ल्याउन लागिएको रकम ट्याक्स हेवन मुलुकको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपन्यायाधिवक्ताको नेतृत्वमा सीईआईबी, राष्ट्र बैंकका अधिकारी सम्मिलित प्रारम्भिक अनुसन्धान टोलीले सुमार्गीबारे अध्ययन गरेको हो । प्रारम्भिक अध्ययनले अवैध निष्कर्ष निकालेपछि अध्ययन समितिले प्रतिवेदनमा भनेको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान गर्न उपयुक्त हुने देखिएको निर्णयार्थ पेस गरेका छौं ।’
\"\"
\"\"
ऐनअनुसार विस्तृत अनुसन्धान सुरु भएपछि आवश्यकताअनुसार सम्पत्ति रोक्का राख्नेदेखि लिएर पक्राउसमेत गर्नुपर्ने हुन्छ । तर एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट रही अन्य राजनीतिक दलका नेताहरूको समेत संरक्षण रहेकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाउन नसकेको सरकारी अधिकारी बताउँछन् । हालको सरकारले समेत सुमार्गीको फाइल अघि बढाउन बेवास्ता गर्दै उनलाई संरक्षण गरिरहेको छ । उच्च राजनीतिक संरक्षणका कारण प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिने काम हुन सकेको छैन ।
अध्ययनअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू– उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन् । २०६८ सालमा करिब तीन अर्ब रुपैयाँ बराबरको अनुमति भने लिएको देखिन्छ । बाँकी रकमका लागि भने कुनै पनि निकायबाट अनुमति नलिई भित्र्याएका हुन् । सुमार्गीको कम्पनीमा आएको रकमका लागि विदेशी विनिमय ऐन, २०१९ अनुसार डलर खातासमेत खोलेको देखिँदैन ।
सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् । यसबाहेक लगानी स्वीकृत भइसकेपछि पनि विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पालना पनि गरेका छैनन् । सुमार्गीले ४२ पटक रकम भित्र्याएको देखिन्छ ।
बिनाअनुमति भित्र्याइएको रकम नेपालको बैंकमा जम्मा भइसकेपछि उनले अन्य बैंकमा सार्ने, कर्जा लिने, अन्य संस्थाहरूमा राख्ने, परिवारका कम्पनीहरूमा रकमान्तर गर्ने, तोकिएभन्दा बाहेकको अर्को कम्पनीमा लगानी गरेको देखिएको छ । जबकि बिनाअनुमति लगानीकर्ताले यी काम गर्न पाउँदैनन् । त्यसो गर्न आवश्यक भए सरोकारवाला निकायसँग अनिवार्य स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ ।
एकपटक सुमार्गी आफैंले विदेशी लगानी भन्दै बेलायतबाट नेपालको आफ्नो कम्पनीले पाउने गरी रकमसमेत पठाएका छन् । सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेको आफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ । ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीले सन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।
अनुमति दिने निकायले स्वीकृति दिएपछि पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफंैले जम्मा गरेका हुन् । प्रतिवेदनअनुसार सुमार्गीका कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनी ज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता र कृष्णप्रसाद शर्मालगायतका नाममा रकम आएको देखिन्छ ।
उताबाट आइसकेको रकम भने जेठीसासू शिशु अर्यालको नाममा कैयौं पटक ट्रान्सफर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटस्थित शिशु अर्यालका नाममा रहेको घरमा लामो समय बसेका थिए । छोरा प्रकाशको निधनपछि उनले उक्त घर छाडिसकेका छन् ।
कहाँबाट कति ल्याए  ?
\"\"
\"\"
सुमार्गीको अस्वाभाविक उदय
सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे । उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो । २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएपछि उनको परिवार हेटौंडा झरेको हो । उनका आफन्तहरू हेटाैंडा उपमहानगरपालिका–९ मा बसोबास गरेका भए पनि सुमार्गीका बाबु माधवराज सुमार्गी हेटौंडास्थित संगम चोकमा कोठा भाडामा लिएर बस्थे । माधवराजको २०३५ मा हेटाैंडामा मृत्यु भएको थियो । भाडाको कोठा छाडेर २०३६ देखि सानोपोखरामा सामान्य भुइँतले घर बनाएर उनको परिवार बसेको थियो । त्यसपछि उनले माइकल रामचन्द्र अर्यालको घर बैंकमा धितो राखेर ट्रक किनेका थिए । त्यही ट्रकको आम्दानीबाट सुमार्गी परिवारले जीविका चलाउँदै आएको थियो । अजेयकी आमा पञ्चायत कालमा महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् । अजेयका एक भाइ र दुई बहिनी छन् । बाबुले भैंसेमा चुनखानीका निम्ति डाँडा किनेका थिए । पछिल्लो समयमा चुनढुंगा उत्खनन गरेर हेटौंडा सिमेन्टलाई बिक्री गरी जीविका सहज बनाएका थिए । पञ्चायती व्यवस्थाको अन्त्यतिर ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टलाई निर्वाचनमा सुमार्गीले सघाएका थिए । मुख्य गरी उनी चुनढुंगा उत्खनन गरेर उद्योगलाई बिक्री गर्ने गर्थे । चुनढुंगा उत्खनन गर्ने क्रममा रूख काटेर बिक्री गरेको आरोपमा २०४७ मा जिल्ला वन कार्यालयले उनलाई पक्राउ गरेर सात दिन थुनामा राखेको थियो । २०५७/०५८ सम्म उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन । २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनको आर्थिक चलखेल ह्वात्तै बढेको हो । त्यतिबेलासम्म सुमार्गीले ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरसँग परिचय बनाइसकेका थिए । राजबहादुरकी पत्नी प्रेरणालाई सुमार्गीकी श्रीमती सम्झना अर्याल योग सिकाउँथिन् । जसले उनीहरूको पारिवारिक सम्बन्धलाई नजिक बनायो । राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालीन राजकुमारी श्रुति शाहका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति प्रेरणाका नाममा ल्याउने भूमिकामा सक्रिय रूपले सुमार्गी लागे । त्यति नै बेला उनले केही जग्गा हात पारेका थिए । त्यही बेला सम्पर्कमा आएका एक उद्यमी र राजबहादुर सिंहसँगको सान्निध्यबाट एनसेल (तत्कालीन मेरो मोबाइल) मा उनले केही सेयर हासिल गरे । २०५९ पछि सुमार्गी परिवार क्रमश: काठमाडौं बस्न थालेको हो । काठमाडौंमा उनी बालाजुको टाउन प्लानिङमा कोठा भाडा गरी बस्थे । २०६२/०६३ को आन्दोलनपश्चात् माओवादी शान्ति प्रक्रियामा आएपछि सुमार्गीको चलखेल तीव्र गतिले अघिबढ्यो । उनलाई माथि उल्लिखित उद्यमीले नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गराइदिएका हुन् । त्यसपश्चात् टेलिकमको सेयर खरिदबिक्रीको अपारदर्शी प्रक्रियामार्फत अन्य केही व्यापारी र नेतासँगै सुमार्गीले पनि ठूलो धनराशि हात पारेका हुन् । अहिलेसम्म आइपुग्दा सुमार्गीको काठमाडौंमा अथाह चल/अचल सम्पत्ति छ । काठमाडौंको विशालनगरमा करिब २० रोपनी जग्गामा बनेको फ्रान्सेली राजदूतको निजी निवास सुमार्गीको स्वामित्वमा छ । तीनकुने–थापाथली क्षेत्रको दर्जन ठाउँमा उनको घरजग्गा छ जसको मूल्य अर्बौं हुन आउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies