Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

छुट्टै भेलामा रामचन्द्र पौडेल पक्षले निकाल्यो यस्तो निष्कर्ष

\"\"काठमाडौं । निर्वाचन पराजयसँगै नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको असफल नेतृत्वको कारण पराजय भोग्नु परेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकाे आरोप छ भने देउवा पक्ष वाम गठबन्धन हार प्रमुख कारण भन्दै जोगिने प्रयासमा छ । पराजयको पीडासँगै आरोप प्रत्यारोपका साथै छुट्टाछुटै भेला, छलफल हुन थालेका छन् । अाजकाे अन्नपू्र्णमा खबर छ-निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि समीक्षा बैठकसमेत बस्न सकेको छैन। युवा नेताले केन्द्रीय समितिको बैठकदेखि ‘अर्लि’ महाधिवेशनसम्म माग गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समितिको बैठकसम्म बाेलाएका छैनन्। पौडेल पक्षधरले छुट्टै भेला गरेर विकल्प खोज्न थालेका छन् । पौडेल पक्षधरले हारको प्रमुख कारण आन्तरिक भएको निष्कर्ष निकालेको छ। उनीहरु छिटो भन्दा छिटो केन्द्रीय समितिको बैठक बसेर मार्गप्रशस्त गर्न माग गरिरहेका छन्। केन्द्रीय समितिको बैठकसम्म छिटो गर्न दबाब दिन आन्तरिक भेला र छलफल भइरहेको छ । पौडेल पक्षका केन्द्रीय सदस्य दीपक गिरी र युवा नेता गुरुराज घिमिरे हारको प्रमुख कारण आन्तरिक भएको बताउँछन् । पौडेल पक्षका केन्द्रीय सदस्य गिरीले यथाशक्य केन्द्रीय समितिको बैठक बोलाएर पार्टीको समीक्षा गर्न सभापतिलाई दबाब दिन बैठक गरिएको बताए। ‘चुनावको समीक्षा हुनुपर्छ, पार्टी विधान सम्मत चल्नुपर्छ भन्ने उद्देश्यले बैठक गरिएको हाे, अरु कुनै कारण छैन’, उनले भने , ‘चुनावको परिणाम आएको एक महिना भइसक्यो, खै अहिलेसम्म समीक्षा गरेको छ ?’ उनले पार्टीको पराजयमा कोही पनी वाम गठबन्धनलाई देखाएर पन्छिन नपाउने बताए। उनले भने, ‘हारको कारण वामगठबन्धन मात्र होइन, पार्टी भित्रको आन्तरिक कारण नै ठूलो छ ।’ उनले आफूलेसमेत हार्नुको प्रमुख कारण आन्तरिक भएको बताए । उनले भने, ‘३४ हजार मत ल्याएर म हारें, के के कारणले हारेँ, त्यो सम्झियो भने रुन मन लाग्छ, के त्यसको समीक्षा नहुने, गल्ती मैले पनि गरेको छु भने सजाय मैले पाउनु पर्छ, प्रचण्डकी छोरीलाई किन त्यति गरेर जिताइयो ? त्यसको उत्तर कार्यकर्तालाई दिनु पर्‍याे कि परेन, केन्द्रीय समितिमा हामीले उत्तर खोजेका छौं ।\' केन्द्रीय सदस्य गिरीले पार्टीको विधान विपरित कार्यसम्पादन समिति बनाइएर जथाभावी निर्णय भइरहेको आरोप लगाए। उनले आफ्नै समूहका नेताहरुले समेत विधानविपरित बनाएको कार्यसम्पादन समिति र संसदीय समितिमा बसेर सहमति जनाएकोमा आलोचना भएको बताए। उनले समाुनपातिकमा पार्टी नेतृत्वले जबरजस्ती नाम राख्ने र निकाल्ने जस्तो घृणित काम गरेको आरोप लगाए। ‘पद पाउने हाम्रो तर्फका साथीहरुले विधान विपरितको कामलाई ‘ओके’ गरे’ उनले भने, ‘बिपी, गणेशमान र सुर्वणशम्शेरले बनाएको कांग्रेसको हालत किन त्यस्तो भयाे ?’ नेता गिरीले पार्टी कसरी विधान सम्मत ल्याउने विषय आफू गम्भीर भएको बताए। उनले विभागसमेत नबनाएर एकलौटी ढंगबाट पार्टीलाई चलाएको बताए। उनले पार्टीका भातृसंगठनको अधिवेशन, पदाधिकारी चयन जस्ता कामसमेत नभएको बताए। काँग्रेसले विभाग बनाएको छैन, एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री अहिलेसम्म नियुक्त गरिएको छैन। अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले केन्द्रीय समितिको बैठक तत्काल महासमिति बैठक बोलाउन माग गरे। युवा नेता घिमिरेले केन्द्रीय समितिमार्फत् महासमिति बैठक बोलाएर ढिलो गरेका कांग्रेसलाई ठूलो क्षति हुने बताए।  युवा नेता घिमिरेले घाउ लाग्ने वित्तिकै उपचार नगरे त्यसले ठूलो क्षति गराउने बताए । उनले भने,‘घाउ लाग्ने वित्तिकै उपचार गर्नुपर्छ, धेरै रगत बगेपछि निको हुन गाह्रो हुन्छ ।’ उनले चुनावमा पराजयको एक कारण वाम गठबन्धन भएपनि आन्तरिक कारण प्रमुख रहेको बताए । ‘हारको एउटा कारण वाम गठबन्धन होला तर, प्रमुख कारण आन्तरिक हो । सरकारमा पार्टी रहेको अवस्थामा कसरी यस्तो लज्जापद पराजय भयो ?’ उनले भने, ‘हामी मात्र होइन अरु पार्टीका साथीसमेत तिमीहरुले कसरी त्यति नराम्रोसँग हार्‍याैँ भन्छन्, पार्टी भित्र मात्र होइन बाहिरसमेत कांग्रेसको हारकाे कारण खाेजिएकाे छ ।’ उनले हारमा संस्थागत कमिकमजोरी नेतृत्वकै कारणले भएको बताए । उनले निरन्तर मन्त्री हुनेदेखि टिकट वितरणसम्ममा भएको कमिकमजोरीले पराजय भोग्नु परेको बताए । उनले प्रश्न गरे ,‘हाम्रा मन्त्रीले के गरे, जनतासँग किन पुगेनन् ?’ उनले आफनै नेतृत्व रहेको सरकारले गराएको चुनावमा पराजय भोग्नु पर्दा देशभरका कार्यकर्तामा निरासा, चिन्ता र अन्यौलता छाएको बताए । नेता घिमिरे भन्छन्, \'देशभर कार्यकर्ता चिन्तामा छन्, तनावमा छन् ।\' उनले हारको जिम्मेवारी लिन सक्नु् पर्ने बताए। युवा नेता घिमिरेले हारभित्र नेतृत्वदेखि युवा नेतासम्मको कमिकमजोरी भएपनि जिम्मेवारी लिन तयार हुनु पर्ने बताए । उनले पार्टीलाई पुर्नजीवित र पुर्नजागरण गर्न आवश्यक रहेको बताए । आफुहरुले गुटबन्दी भन्दा माथि उठ्ने प्रयास गरेको दाबी गरे । देशभरका १४-१५ सय कार्यकर्ताबीच छलफल चलाउन महासमिति बैठक बाेलाउनु पर्ने अधिकांशको माग रहेको उनले बताए । ‘कांग्रेसलाई कसरी अगाडि लाने र भोलिका लागि कसरी तयार पर्ने त्यस विषयमा देशभरका कार्यकर्ताबीच छलफल गर्नुपर्छ\', उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies