Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

डा. केसी अदालतबाट तारेखमा बिदा, आन्दोलन जारी

\"\"काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अदालतबाट तारेख पाए पनि अनशन जारी राखेका छन् । सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा. शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएका केसी अस्पताल र अदालतको चक्करमा छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ-सर्वोच्च अदालतबाट बुधबार साँझ साधारण तारेखमा रिहा भएलगत्तै डा. केसी पुरानै अनशनस्थल शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । उनलाई प्रहरीको कडा सुरक्षाबीच प्रहरी एम्बुलेन्समा राखेर ७ः३० बजे अनशनस्थल पुर्‍याइएको थियो । केसीका सहयोगी डा. जीवन क्षेत्रीका अनुसार अनशनस्थलमा केहीबेर अब कसरी अगाडि जाने भन्नेमा आन्तरिक छलफल भयो । क्षेत्रीले भने, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रमाणपत्र छानबिन गर्न सर्वोच्चले आदेश दिएको छ । यो सकारात्मक पक्ष हो । केसीको मागअनुसार सत्यतथ्य छानबिन हुनुपर्छ ।’
अदालतबाट तारेखमा बिदा पाएलगत्तै डा. केसी त्रिवि शिक्षण अस्पताल फर्किएर अनशनमा
दिनभर जारी रह्यो बहस सोमबार पक्राउ परेर मंगलबार दिनभर बयान दिएका डा. गोविन्द केसीलाई बुधबार बिहान १० बजे प्रहरी एम्बुलेन्समा अदालत पुर्‍याइएको थियो । १०ः३० बजे इजलास नं. ५ मा पहिलो पेसीमा अदालतको अवहेलनाको अभियोगमा सुनुवाइ सुरु भयो । अदालतका तर्फबाट पहिलो बहस वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले गरे । ‘गोविन्द केसीले दिएको अभिव्यक्ति प्रधानन्यायाधीशमाथि मात्रै नभएर सिंगो न्यायालयमाथि अवहेलना हो,’ श्रेष्ठले भने, ‘फौजदारी मुद्दाअन्तर्गत केसीलाई जरिवाना र जेल सजाय हुनुपर्छ ।’ अर्का वरिष्ठ अधिवक्ता माधव बस्नेतले फौजदारी अवहेलना भएकाले जरिवाना र जेल सजाय दुवै हुनुपर्ने माग गरे । ‘डा. केसीको अभिव्यक्तिले न्याय प्रशासनको काममा नै दख्खल दिँदा अवहेलना हुन्छ,’ वरिष्ठ अधिवक्ता बस्नेतले भने, ‘उनको कार्य प्रधानन्यायाधीश मात्रै नभई न्यायालयमाथिको हमला हो ।’ आफै बहसमा डा. केसी अदालत तर्फबाट श्याम खरेलले न्यायालयलाई गिरोह भनेर डा. केसीले अदालतकै मानमर्दन गरेको बताए । ‘सरकारी जागिर खाएका चिकित्सक डा. गोविन्द केसीले बिदा नलिई अनशन बस्नुलाई के भन्ने ?’ वरिष्ठ अधिवक्ता खरेलले प्रश्न गर्दा केसी आवेगमा आइसकेका थिए । अदालततर्फबाट बहस सकिएपछि तत्कालै चिकित्सक गोविन्द केसीले इजलाससमक्ष आफ्नो कुरा राख्ने बताए । जुरुक्क उठेर केसीले भने, ‘मैले अस्पतालमा बिदा लिएँ कि लिइनँ भन्ने कुरा को प्रश्न उठाउने ? बुझ्नुस्, मैले अस्पतालमा बिदा लिएर अनशनमा बसेको छु । जथाभावी बोल्ने ?’ न्यायाधीश पुरुषोत्तम भण्डारीले बिरामी हुनुहुन्छ जस्तो छ भन्दै बिस्तारै बोल्न आग्रह गरे । डा. केसीले धाराप्रवाह रूपमा भने, ‘प्रधानन्यायाधीशविरुद्ध मैले विज्ञप्ति निकालेको हुँ, म जिम्मेवारी लिन्छु, प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट हुन्, माफिया हुन् । अदालतको मानहानि मैले होइन प्रधानन्यायाधीश पराजुलीले गरेका छन् । म १-२ महिना होइन, ५ वर्ष जेल बस्न तयार छु ।’  इजलास नै परिवर्तन चिकित्सक गोविन्द केसीलाई मंगलबार सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा उपस्थित गराएर बयान लिइएको थियो । तर, बुधबार भने न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको ईजलासमा प्रस्तुत गरियो । बहसको शुरुमा डा. गोबिन्द केसीका वकिल सुरेन्द्र भण्डारीले ईजलास किन परिवर्तन भनेर प्रश्न उठाएका थिए । सर्वोच्चमा पहिला पनि यस्तै नजिर भएको जवाफ न्यायाधीसले दिएका थिए । समान्यत हेर्दा हेर्दै मुद्धामा जुन न्यायाधीसले बयान लिएको हो सोही न्यायाधीसको ईजलासमा बहस गरेर मुद्धाको किनारा लगाईन्छ । तर, अदालतले भने बयान र बहस फरक ईजलासबाट गरेका छन् । बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारी प्रधानन्ययाधीसले नागरिकतामा किर्ते गरेका छन् यस विषयमा छानविन हुने कि नहुने, बरिष्ठ अधिबक्ता भण्डारीले भने, ‘सम्मानित पदमा पुगेको मान्छेको शैक्षिक प्रमाणपत्रको कुरा उठिरहेका बेला सर्वोच्चले छानविन समिती गठन गरेर निलम्बन किन नगर्ने ? बिभिन्न समाचारमा मेडिकल माफियाको विषय आएको हुदाँ अब प्रधानन्यायाधीसलाई निलम्बन गरेर कागजपत्रको छानविन किन नगर्ने, उनले ईजलास समक्ष भने, ‘ म गोबिन्द केसीले प्रधानन्यायाधीस गोपाल पराजुली माथी लगाएको आरोप यस आधारमा पुष्टि गर्छु कि भ्रष्ट्र सर्वोच्चका मुख्य रजिष्ट्रार नहकुल सुबेदीलाई एक वर्षमा तीन तह बढुवा कसरी भयो ? माफियाको अर्थ मेडिकल कलेजलाई धमाधम स्वीकृति दिनु माफियाको स्वार्थमा काम गरेको हो कि होईन? र अपराध उहाँ(प्रधानन्यायाधीस) ले दुई थरी नागरिकता पेश गरे, उमेर सच्चाए अनि शैक्षिक प्रमाणपत्र नक्कली बुझाए । यस कारण आधार सहित पुष्टि गर्दछु । श्रीहरी फुयाँल (बरिष्ठ अधिबक्ता) स्वच्छ न्याय दिने भनेको न्यायालय माथी भ्रष्ट्रचार भयो भनी प्रश्न उठेपछि भ्रष्ट्रचार छ कि छैन भनेर भनिरहनुपर्छ । न्यायालयले गर्ने आदेश माफियाको पक्षमा हुनुलाई भ्रष्ट्रचार नभनेर के भन्ने । अदालतको आदेश किन बिबादित बन्यो छानबिन हुन जरुरी छ । चिकित्सक केसीलाई अभिव्यक्तिका कारण मानहानी भनेर पक्राउ गर्नु न्यायोचित देखिदैन । एकराज भण्डारी (बरिष्ठ अधिबक्ता) न्यायाधीस आफैले भ्रष्ट्रचार छ भनेर स्वीकाछन् । न्यायालय भ्रष्ट्र छ भन्दा फेरी किन आपत्ती जनाउनुपर्‍यो । सार्वजनिक कार्यक्रममा न्यायाधीसको मुखराबृन्दबाट न्यायालयको भ्रष्ट्रचार उन्मुलन गर्नुपर्छ भन्नु भ्रष्ट्रचार छ भन्नु होईन र । भ्रष्ट्रचारको विषयमा बोल्ने कोही थिएनन अहिले उक्त विषय डा.गोबिन्द केसीले उठाए । अब पश्न गर्ने ठाउँ धेरै छन् अब अदलतको भ्रष्ट्रचारको विषयमा छानविन हुन जरुरी छ । सर्वोच्च अदालतको नियमावली अनुसार एक विशेष समिती गठन गरेर भ्रष्ट्रचारको विषयमा छलफल किन नगर्ने? गोपाल शिवाकोटी (चिन्तन) बरिष्ठ अधिबक्ता भ्रष्ट्र न्यायाधीस अदालतमा बस्न मिल्छ कि मिल्दैन प्रश्न अब उठिसक्यो । प्रधानन्यायाधीस गोपाल पराजुलीको एसएलसि प्रमाण पत्र नक्कली भएको विषयमा छानविन किन नगर्ने? प्रधानन्यायाधीसको निलम्बन गरेर छानबिन समितीले छलफल गर्नु जरुरी छ । गोबिन्द केसीलाई मात्रै छानेर अदालतको मानहानीको मुद्धा लगाईयो । यहाँ त हजारौले अदालतको आदेशका विरुद्ध बोलेका छन् सबैलाई मानहानी लगाए भयो नि ?  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies