Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश प्रमुख ताेक्ने सरकारकाे तयारी

\"\"काठमाडाै ।  बिहीबार प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी सरकारले गरेको छ। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति गरेर अस्थायी मुकाम तोकेसँगै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ। प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि प्रदेश सचिवालयको गठन हुनेछ। त्यसपछि निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुझाउने संवैधानिक प्रावधान छ। आयोगले प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैको परिणाम तयार पारिसकेको छ। संविधानमा प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको बैठक बोलाउने व्यवस्था छ। पहिलो बैठकमा भाग लिनुभन्दा पहिला सांसदहरूले प्रदेश प्रमुखबाट सपथ लिनेछन्। संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्न सक्ने छन्। प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेमा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्छन्। अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री नियुक्त भएपछि उनको सिफारिशमा समावेशी सिद्दान्तका अाधारमा प्रदेश प्रमुखले मन्त्रीहरू नियुक्त गर्ने छन्। संसद सचिवालयका प्रवक्ता भरत गाैतम प्रदेश सभा सञ्चालनको माेटामाेटी रूपमा आफूहरूले तयारी गरेको बताए। जनमतअनुसार केन्द्रीय सरकारभन्दा पहिला प्रदेश सरकार बन्ने सम्भावना छ। किनकी संसदको माथिल्लो सदन राष्ट्रिय सभाको चुनाव माघ २४ गतेलाई तोकिएको छ। प्रतिनिधि सभाको समानुपातिक परिणाम अाउन कम्तिमा पनि फागुन पहिलो हप्ता लाग्नेछ। मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत छ भने प्रदेश नम्बर ६ मा एमालेबिना सरकार बन्न सक्दैन। प्रदेश नम्बर २ बाहेकका प्रदेशमा एमाले–माओवादी गठबन्धनको बहुमत रहेको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies