Khabar Dabali Logo
  October 28, Wed

थारु समुदायमा ‘माघी’ को रौनक

‘माघ लहइली सुरिक शिकार खइली रे हाँ 
सखी अइ हो माघ के पिली गुरी गुरी जाँर 
सकिरी गलियावामा लगल बजरिया रे हाँ 
सखी अइ हो लानी दे हो भाटु नथिया बजार 
सालिक नथिया भै ल रे महान्…’ 

नेपालगञ्ज । यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ । आफ्ना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ ।

औपचारिकरूपले पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै प्रारम्भ भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् ।
माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन् ।

यस अवसरमा ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउनुहुन्छ ।उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् ।

माघीका दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का (पैसा) राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सो सिक्का लुटाउने प्रचलन छ ।

माघीमा तिलको आगो ताप्नाले वर्षभरि अनजानवश गरिएको पाप नाश हुने धार्मिक विश्वास थारु समुदायमा छ । यस पर्वका अवसरमा उनीहरूले आ–आफ्ना गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्छन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्छ ।

माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाएपनि मुक्त कमैयाको मुहारमा अझै थुप्रै पीडा पनि उजागर भएको पाइन्छ । कमैया मुक्ति घोषणाको आठ वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा उनीहरु माघी पर्वमा अझै रमाउन भने सकेका छैनन् । गाँसबाँसको समस्या अझै झेलिरनु परेकाले चाँडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् ।

सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । ‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ,’ बर्दिया जिल्ला बबई नगरपालिका निवासी मुक्त कमैया सोहन थारुको गुनासो छ ।

जिल्ला भूमिसुधार कार्यालयले यहाँका करिव एक हजार ८३६ मुक्त कमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि सरकारले २०६६ सालमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरेको थियो । सरकारको निर्णयअनुसार, त्यसबेला उक्त कार्यालयले जिल्लाका मुक्त कमैयालाई जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कट्ठाभन्दा कम जग्गा भएका र दुई कट्ठाभन्दा बढी जग्गा भएका भनी चार श्रेणीमा विभाजन गरी कूल दुई हजार २६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कट्ठासम्म जग्गा उपलब्ध गराएर यस जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो ।

गाउँका छिमेकीको घरमा माघीको उत्साह देख्दा मुक्त कमैया भने आफ्नो भाग्यलाई नै दोषी मान्छन् । ‘के गर्ने हजुर भाग्यमा जे छ त्यसैलाई स्वीकार्नुको अरु विकल्प के नै हुन्छ र’, स्थानीय बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीको बिलौना छ । मुक्त कमैयाको सम्मानजनक गाँस, बास, कपासको व्यवस्था हुनुपर्ने, ऐलानी, जंगलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयालाई सरकारले पुनःस्थापना गर्नुपर्ने जस्ता आफ्ना माग पुरा भए आगामी वर्ष माघी पर्वको रौनक घनीभूत हुने उनीहरूको अपेक्षा छ ।

पुस २६ गते, २०७४ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top