Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण

\"\"म्याग्दी । मालिका गाउँपालिका–७ बिमस्थित डाँडाखेतमा सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहण गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि १३२ केभी क्षमताको सबस्टेशन निर्माण हुन लागेको हो ।

सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । उन्नाइस जना जग्गाधनीलाई मंगलबारसम्म रु एक करोड ७९ लाख ७१ हजार मुआब्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार २ करोड १७ लाख ५८ हजार बजेट प्राप्त भएकामा अब पाँचजना जग्गाधनीले मुआब्जा लिन बाँकी छ । मालिका र धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र सहायक खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय लाइनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण हुन लागेको वडाध्यक्ष रेशम जुक्जालीले बताए । नेपाल विद्युत् प्राधिकरणले सबस्टेशनका साथै डाँडाखेतदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटसम्म २५ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गर्न लागेको छ । सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि रु दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यसैगरी, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको टावर रहने स्थानका जग्गाधनीलाई मुआब्जा वितरणको तयारी भएको छ । म्याग्दी खण्डमा पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि रु एक करोड प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies