Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रोग, भोक र गरिबीकाे धनी, कालिकाेटकाे थिर्पुमा अस्पताल बन्ने

\"\"काठमाडाै ।  कालिकोट राज्यको दृष्टिकोणमा मात्र पछि परेको छैन, प्राकृतिकरुपमै पनि विकट छ । कालिकोटवासीको पीडालाई नत राज्यले बुझेको नत राजनैतिक दलका नेताहरुले नै बुझेका छन् । विरामी भयो धामी झाँक्री कहाँ धाउनु पर्ने वाध्यता छ कालिकोटको । रोग, भोक, गरिवी र अशिक्षाको धनी कालिकोट राज्यको पँहुचबाट धेरै टाढा छ । कालिकोटले धेरै साँसद जन्मायो । माननीय भएर झण्डा हल्लाएर कालिकोट नपुगेका होइनन् मन्त्री । तर कालिकोटको विकट्ता र सुन्दरतामा मात्र रमाउन सिके, कालिकाेटकाे दुःखमा भने नत रमाउन सके नत साथ नै दिन सके । दुःखसंग एकाकार हुन सकेनन् माननीयहरु । चाहे विकासको नाममा होस या अन्य कुनै रोजगारीको नाममा होस । नेता फेरीए, नेताको जीवनशैली फेरीयो तर कालिकोटवासीको दुख कहिले पनि फेरीन सकेन । फेरिएन जनताको पीडाकाे भारी । विरामी भयो हेलिकप्टर चार्टर गर्ने क्षेमता नभएर कैयौ कालिकाेटे विरामी अकालमै मृत्यूको मुखमा धकेलिए । कालिकोटको एक ढुङ्गा फुटाउन करोडौ बजेट लाग्छ । तर काठमाडौको एउटा गल्लीमा लाग्ने बजेट होल कर्णालीमा विनियोजन गर्दा कसरी विकास हुन्छ ? त्यो कहिल्यै बुझेन राज्यले । पीडै पीडामा हुर्किएका कालिकोटवासीमा पछिल्लो समय केहि आशाको दियो बलेकाे छ । अव धामी झाँक्रीमा धाउनु पर्ने वाध्यता केहि हदसम्म भएपनि टर्ने भएको छ । कालिकोट र वाजुराकाे सिमानामा पर्ने विकट गाउँ पलातामा १५ सैय्याको अस्पताल बन्ने भएपछि स्थानियवासी खुसी मात्रै भएका छैनन्, अकालमै ज्यानगुमाउनु पर्ने वाध्यता टर्ने भएकाे छ । अस्पताल बन्ने भए पछि केहि हदसम्म भएपनि दुख विसाउने चौतारी बन्ने युवाहरुले बताएका छन् । अस्पताल स्थापना गर्न पहल मात्रै होइन निरन्नर लागि परेको कालिकोटका युवाहरुले बताएका छन् । सिटामोल समेत नपाउने बाजुरा र कालिकोटका सिमावासीहरु पलाता गाँउपालिकाको वडा न ८ थिर्पुमा अस्पताल स्थापना बन्ने भएपछि उत्साहित भएका छन् । दुर्गमको पनि दुर्गम गाँउपालिकामा अस्पताल बन्ने कुराले अव उपचारको सहज पँहुच हुने आशा निरासामा नजाने स्वास्थ्य मन्त्री दिपक बोहराका स्वकिय सचिवसमेत रहेका निराजन बमकाे भनाइ छ । कालिकोट सदरमुकाम देखि २ दिनको पैदल दूरीमा हिडेर उपचार गर्न गयाे सिटामाेल समेत नपाएर रिताे हात घर फर्कियाे । यहि प्रक्रियाकाे अन्त्यका लागि र उक्त ठाँउका स्थानीयको सहज उपचार सेवाका लागि अस्पताल स्थापना गर्न लागिएको निराजन बमले बताए । विगत लामो समयदेखि राप्रपा निकट विधार्थीसंघबाट राजनीतिमा छवि बनाएका बमले  कालिकोटको पलाताबासीले पाएको दुःखलाई मध्यनजर गर्दै अस्पताल स्थापनाका लागि स्वीकृति प्रक्रिया अन्तिम चरणमा पुगेको वताए । राज्यले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सकेको भए ग्रामिण भेगका जनताले सिटामोल समेत नपाएर ज्यान गुमाउनु पर्ने थिएन होला ? एक ट्याव्लेट सिटामोल कै आशामा दुई–तीन दिनको बाटो हिडेर पनि नपाँउदा कस्तो हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ । नेपालका अधिकाँस स्वास्थ्य सस्थामा समेत औषधी नपाईने अवस्थामा छ भने दुर्गम भेगको कहाली लाग्दो अवस्था कस्तो होला ? सवैले बुझ्ने कुरा हो । युवाहरुको यो सानो पहले कमसेकम अव त्यहाँका स्थानीयवासीले अकालमा ज्यान गुमाउने दिन त जाने भए । राज्यले अविलम्व स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउन जरुरी छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies