Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अायाेगकाे चेतावनीः सूची सच्याउन अटेर गरे राजपाबिनै मत परिणाम सार्वजनिक

\"\"काठमाडाैं । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूची कानून अनुसार नसच्चाए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)बाट निर्वाचित हुने सदस्यहरुको नाम खाली राखेरै मत परिणाम सार्वजनिक गर्ने चेतावनी दिएको छ । प्रदेश सभा समानुपातिक तर्फ सिट पाएका १३ दलमध्ये राजपा नेपाललाई नाम सच्च्याउन आग्रह गर्दै आयोगले दुईपटक पत्राचार गरेको थियो ।

तर त्यसो गर्दा पनि प्राथमिकताक्रम र समानुपातिक प्रतिनिधित्व मिलाएर नपठाएकाले थप पत्राचार गरिएको आयोगका प्रवक्ताले जनाएका छन् । उक्त सूची सच्याउन राजपा अध्यक्ष मण्डलका नेताहरु मंगलबार दिनभरजसो छलफलमा जुटेका थिए । प्रदेश सभाको समानुपातिकतर्फ आफूहरुले पाएको सिटमा सदस्य छानेर पठाउँदा राजपा नेपालले समानुपातिक उम्मेदवारको प्राथमिकता क्रम नमिलाएको र क्लस्टर वा समूह सम्बन्धी नियम मिचेको निर्वाचन आयोगले बताउँदै आएको छ । राजपा नेपालले प्रदेश सभाको समानुपातिक तर्फ पाएको १० जना सदस्यको सिट मध्ये केहीको क्रमसंख्या र समावेशी नियम दोस्रोपटक फिर्ता पठाउँदा पनि नसच्याएको आयोगको आरोप छ । अब पनि सूची नसच्याएमा उक्त दलको नतिजा खाली नै राखेर सार्वजनिक गर्ने निर्णय भएको आयोगका समानुपातिक निर्वाचन इकाईका अधिकारी गीताप्रसाद तिमिल्सिनाले बताए । उनले भने, \'\'कानून बमोजिम मिलाएर नल्याए अन्य दलको मात्र घोषणा गरिने छ भनि निर्णय भएर सम्बन्धित दलको ध्यानाकर्षण गराइएको छ ।\'\' समानुपातिक सूचीमा दलित, आदिवासी जनजाति, खसआर्य, थारु, मधेसी र मुस्लिम गरी ६ समूहलाई तोकिएको प्रतिशतमा प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक प्रावधान छ । निर्वाचन आयोगको लिखित र मौखिक ध्यानाकर्षण पछि पनि राजपा नेपालका नेताहरुले जारी राखेको छलफल अनिर्णित बन्दै आएको बताइन्छ । आयोगको ध्यानाकर्षण बमोजिम कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारेमा मुख्य नेताहरु आ-आफ्ना अडानबाट पछि नहटेका कारण समस्या थप गहिरिएको एक नेताले बताए । हाल आफूहरुलाई परेको कठिनाइबारेमा राजपाका एक नेता मनिष सुमनले भने, \'\'हामीलाई भोट दिने मधेशी समुदायका व्यक्ति हुन् तर हामीले गैर मधेशीलाई चुन्नुपर्ने नियम मान्दा हाम्रो चित्त दुख्छ । तसर्थ यो अल्झिरहेको हो । हामीहरु सच्च्याउनतिर लागेका छौं तर कष्ट भइरहेको छ ।\'\' प्रदेश प्रमुख नियुक्त हुन नसकिरहँदा राजपा नेपाल बाहेकका अन्य दलबाट निर्वाचित हुनेको सुची सार्वजनिक गर्ने तिथिमिति बारेमा भने आयोग हालसम्म पनि अन्योल मै देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies