Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ कार्यक्रम गरिदै 

\"\"कैलाली । रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । रोटरी क्लब अफ धनगढीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमबारे जानकारी दिएको छ ।

आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहनुभएका व्यक्तिहरुलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिए ।

दिन पनि रातसरह अन्धकार भएकाहरुलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्ने महसुस समाजका विभिन्न वर्ग र पक्षलाई गराउन रात्रिभोजको आयोजना गरिएको रोटरी क्लब अफ धनगढीका कार्यक्रमका संयोजक डा गणेशबहादुर सिंहले बताए । यस कार्यक्रमका लागि अन्धकार हलमा टेबुल राखिनेछन् । सोही टेबुलमा विभिन्न खानाका परिकार राखिनेछन् । जहाँ प्रकाश हुने छैन । सहभागी व्यक्तिले त्यही अन्धकारमा आफ्नो भागको खाना खानु पर्नेछ भने खाना खाने समयावधि ३० मिनेट मात्र छुट्याइएको छ । नेत्रहीनलाई सहयोग गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेकाे छ ।कार्यक्रममा सहभागी हुन यस क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, सुरक्षा अधिकारी, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई आग्रह गरिनेछ । कार्यक्रममा इच्छुक सहभागीबाट  दुई हजार सहयोग शुल्क लिइनेछ भने उठेको शुल्कबाट संकलित रकम नेत्रहीन व्यक्तिको सहयोगमा खर्च गरिनेछ । रात्रिभोजमा कम्तीमा एक सय जनालाई सहभागी गराउने योजना छ । कार्यक्रम माघ ६ गते शनिबार धनगढीस्थित होटल रुवसमा साँझ ७ बजे आयोजना गरिने छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies