Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब वाढी पीडित र अग्निपीडितले २५ लाख कर्जा पाउने

\"\"काठमाडौं ।  सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् । यसका लागि पीडितहरुले जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिस जुटाउनु पर्नेछ । घर पुनर्निर्माणका लागि उपलब्ध हुने यस्तो कर्जा सरकारी कारोबार गर्ने बैंकहरुले जारी गर्न पाउनेछन् । सप्तरीमा बाढी तथा डुवानबाट घर र व्यवसायमा क्षति पुगेकाहरुले अधिकतम १५ लाख रुपैयाँ कर्जा पाउने छन् । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा उपलब्ध गराउने छ । पीडितहरुले घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवनसंहिता र भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना भने गरेको हुनुपर्नेछ । राष्ट्र बैंकले बैंकहरुलाई शून्य व्याजदरमा उपलब्ध गराउने यो पुँजीमा अधिकतम दुई प्रतिशत मात्र व्याज लिन पाउनेछन् । बैंकहरुले यस्तो कर्जा प्रवाह गर्दा बीमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षणबाहेकका शुल्क लिन पाउने छैनन् । उक्त कर्जा जारी गर्दा राष्ट्र बैंकले एक वर्षको ग्रेस अवधि तोकिदिएको छ । अर्थात्, ऋणीले पहिलो वर्षमा तिर्नुपर्ने साँवा र व्याजको किस्ता नबुझाएमा पनि त्यसलाई खराब कर्जा मानिने छैन । कर्जा भुक्तानीको अवधि पाँचदेखि १० वर्ष तोकिएको छ । बैंकहरुले पुनर्कर्जा एक पटक मात्र लिन पाउने छन् । यसरी लिएको पुँजी सम्बन्धित शीर्षकमा मात्र लगानी गर्न पाइने छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम चार चरणमा गर्न सक्नेछन् । वित्तीय संस्था कर्जा प्रवाह गरेको मासिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले उद्दार समितिको सिफारिस सही भए/नभएको पनि यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies