Khabar Dabali Logo
  October 21, Wed

‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ परेपछि उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान ८ः०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

प्रा डा केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुग्नुभएका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निष्ठाको लडाईं लडिरहेका सादगी व्यक्तिलाई प्रक्राउ गर्नु आपत्तिजनक भएको बताए । ‘सग्रम स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हठात्मा प्रक्राउ गर्नुपर्ने कुनै कारण देखिँदैन, गिरफ्तार गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुन्छ,’ उनले भने, ‘उहाँ आफैँ पनि सत्याग्रहमा हुनुहुन्छ त्यसैले उहाँलाई दण्डित गर्नुको अर्थ रहँदैन ।’

सत्य र सत्ताको लडाईंमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुने भएकाले आफू डा केसीको साथमा रहेको उनले बताए ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रा डा केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए । ‘श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्,’ उनले भने, ‘सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।’

प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भन्नुभयो, “डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।” सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएकोे उनको भनाइ थियो ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताए । ‘उहाँलाई रिहा गर्नै पर्छ, उहाँले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ,’ उनले भने, ‘अदालतबारे सबैलाई यही लागेको हो जुन डा केसीले बोल्नुभयो ।’

उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन सुरु गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा र उनले गरेका कामबारे छानबिन गर्न माग गरेपछि केसीलाई अदालतको अपहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो । रासस

पुस २५ गते, २०७४ - १३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top