पौष २५ गते, २०७४ मगलवार 9th January, 2018 Tue१०:५८:४७ मा प्रकाशित
काठमाडौं ।सोमबार हिजो साँझ पक्राउ परेका डा. गोविन्द केसीको रिहाई माग गर्दै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सडकमा उत्रिएका छन् । बाबुराम मात्रै होईन सत्ताधारी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलगायतका टोली केसीको रिहाईको माग गर्दै सडकमा उत्रिएका छन् । उनीहरुसँगै केसीका समर्थकहरु माइतीघर मण्डलामा भरिभराउ छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । उनी अनसनस्थलबाटै मानहानीको मुद्धामा पक्राउ परेका हुन् ।
बाबुरामले माइतीघर मण्डलाबाट डा. केसीको पक्षमा नारा लगाइरहँदा सामाजिक सञ्जालमा भने उनको विरोध भइरहेको छ । बाबुरामले केसीको पक्षमा वकालत गरेको भने विरोध भएको भने होईन । तर केसीको पक्षमा सडक तताउन सक्ने पूर्वमाओवादीसमेत रहेका बाबुरामले किन बालकृष्ण ढुंगेलको बिषयमा एक शब्द पनि खर्चिएनन् ? माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा हत्या गरेको आरोपमा ढुंगेल यतिबेला जेलमा छन् । केहि महिनाअघि मात्रै पक्राउ परेका ढुंगेलको बिषयमा बाबुराम सामाजिक सञ्जालमा पनि एक शब्द खर्च गर्न नसकेको केहि माओवादी नेताहरुले बताउन थालेका छन् । जनयुद्धको नेतृत्व गर्नेमध्येका एक नेता बाबुरामले ढुंगेललाई भेट्न त परि जाओस् एक शब्द पनि नखर्चिनाले पनि उनीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिएको भन्ने बुझिन्छ ।
जनयुद्ध सफल भएकै कारण बाबुराम मन्त्री, प्रधानमन्त्री हुँदै अहिले माओवादीबाट फुटेर बनेको नयाँ शक्ति पार्टीको नेतृत्व गरिरहेका छन् । तर त्यहि जनयुद्ध सफल बनाउने अहोरात्र युद्ध मैदानमा खटिने ढुंगेलबारे भने उनी गुमनाम जस्तै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: