Khabar Dabali Logo
  October 21, Wed

गगन थापामाथि बम हान्नेले नै रामशरण महत र रमेश महतमाथि प्रहार गरेकाे पुष्टि

फाइल फोटो

नुवाकोट । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

३२ वर्षका तामाङलाई ककनीको थानाभञ्ज्याङमा गएको मंसिर १ गते बम विस्फोट गराउन संलग्न भएको अभियोगमा काठमाडौँको प्रहरी नियन्त्रणबाट नुवाकोट प्रहरीले जिल्ला ल्याएको हो ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा संगठनमा आबद्ध तामाङ बम पड्काउन घटनास्थल थानाभञ्ज्याङमा आएको मोबाइल नेटवर्कको आधारमा नियन्त्रणमा लिएकाले थप प्रमाण जुटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ । काँग्रेसका उम्मेदवार महतद्वय चढेको गाडी लक्षित गरी बम विस्फोटन गराउँदा उहाँहरु सुरक्षित रहेपनि पाँच जना गम्भीर घाइते भएका थिए ।

तामाङलाई गएको मंसिर १७ गते काठमाडौँमा काँग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा प्रहरीले हातहतियारसहित पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको थियो ।

नुवाकोट प्रहरी प्रमुख कुँवरका अनुसार काठमाडाँै अदालतबाट धरौटीमा रिहा भएपछि नुवाकोट घटनामा संलग्न रहेका तामाङलाई प्रहरी नियन्त्रणबाट यता ल्याइएको हो ।

ककनी बम विस्फोटमा संलग्न प्रारम्भिक अनुसन्धानमा आठजना देखिएकाले अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकालाई अदालतमा ज्यान मार्ने उद्योग मुद्दाको अभियोगपश्चात् बम विस्फोटसम्बन्धी अपराध मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रहरीको तयारी छ । रासस

पुस २५ गते, २०७४ - ०९:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top