Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

\"\"चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा कस्तो थियो ? यस्ता छन् केही रोचक पक्ष : सुत्ने खाटभरि किताब जंग च्याङले माओको जीवनी लेखेकी छिन् । ‘माओ : द अन्नोन स्टोरी’मा उनले माओको स्मरणशक्ति निकै राम्रो भएको लेखेकी छिन् । पढाइ र लेखाइमा उनी निकै सौखिन थिए । उनी सुत्ने कोठाको खाटको आधा भागमा करिब एक फिटको उचाइसम्म किताब हुन्थे, प्रायः चिनियाँ सहित्यका । च्याङका अनुसार उनी आफ्नो भाषण र लेखमा तिनै किताबबाट लिइएका उदाहरण प्रयोग गर्थे । रातभर काम गर्ने माओ महत्वपूर्ण काम रातको समयमा गर्थे । उनी दिनमा भन्दा रातमा बढी सक्रिय हुन्थे । लगभग पूरै रात काममै व्यस्त हुन्थे र बिहान भएपछि मात्रै सुत्थे । चीनस्थित भारतीय तत्कालीन जुनियर अफिसर नटवर सिंहले विभिन्न अन्तर्वार्तामा माओको यस्तो बानीबारे खुलासा गरेका छन् । उनका अनुसार सन् १९५६मा चीन गएको भारतीय संसदीय प्रतिनिधि मण्डलसँग माओले मध्यराति १२ बजे मात्रै भेटेका थिए । राति १० बजे भेट्न पुगेको टोलीलाई उनले १२ बजेपछि मात्रै भेट्ने सन्देश दिएका थिए । उनी भेट्न जाने जो–कोहीलाई आफ्नै खुसीमा मात्रै भेट्थे । चुरोटका अम्मली माओ चुरोटका अम्मली थिए । नटवरका अनुसार संसदीय प्रतिनिधि मण्डलको सो भेटमा माओले एकपछि अर्को चुरोट सल्काइरहेका थिए । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरूले आफ्नो मुखमा चुरोट राखे तब माओले नै चुरोट सल्काइदिएका थिए । ओछ्यान नछाड्ने माओ पढ्नेदेखि योजना बनाउने काम आफ्नै ओछ्यानमा बसेर गर्थे । अझ रोचक पाटो के भने उनी उनी खानासमेत ओछ्यानमै बसेर खान्थे । उनका लागि आफ्नो खाट कतिसम्म प्यारो थियो भने जहाँ जाँदा पनि सँगै लिएरै जान्थे । ट्रेन यात्रामा पनि उनका लागि त्यही खाट पुर्‍याइएको हुन्थ्यो । आफ्नोबाहेक अरू खाटमा नसुत्ने उनको अनौठो बानी थियो । सन् १९५७ मा मस्को जाँदा पनि उनको खाट जहाजमै राखेर त्यहाँ पुर्‍याइएको थियो । दाँत ब्रस नगर्ने माओका डाक्टरसमेत रहेका जी सी लीले ‘द प्राइभेट लाइफ अफ चेयरम्यान माओ’ किताबमा माओका व्यक्तिगत जीवनबारे धेरै लेखेका छन् । माओले कहिल्यै पनि दाँत नमाझेको, बरु दाँत सफा गर्न बिहानै उठेर चियाले कुल्ला गर्ने गरेको लेखेका छन् । एक समय त उनको दाँतमा हरियो रंग लगाएजस्तो देखिन्थ्यो रे । नुहाउँदा रिस उठ्ने लीका अनुसार माओलाई नुहाउनुपर्दा रिस उठ्थ्यो । उनी आफूलाई सफा र स्फूर्त राख्न हरेक दिन तातो तौलियाले स्पन्ज गर्थे । माओकी नर्स फ्यु मिङले दारी मिलाइदिने तथा कपाल काटिदिने गर्थिन् । गाउन लगाएर बस्ने माओ प्रायः कहिल्यै पनि जुत्ता लगाउँदैनथे, खाली खुट्टा हिँड्थे । लगाउनै परे कपडाको जुत्ता मात्र लगाउँथे । तर, औपचारिक कार्यक्रममा छालाकै जुत्ता लगाउनुपर्ने भएकाले पहिला उक्त जुत्ता खुकुलो बनाउन सुरक्षा गार्डलाई लगाउन दिन्थे । उनी प्रायः फाटेर सिलाएको लुगा लगाउने गर्थे भने मोजा जहिल्यै प्वाल परेकै लगाएको देखिन्थ्यो । माओ घरमा रहँदा नुहाउँदा प्रयोग गर्ने गाउन मात्रै लगाउँथे । यो कुरा पनि लीको पुस्तकमै लेखिएको छ । १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग आफ्नै निवासमा भएको भेटको प्रसंगलाई पनि डा. लीले पुस्तकमा उतारेका छन् । त्यो भेटमा माओले सुट लगाएका थिए । ६५ मिनेटको भेटवार्ता सकिएर निक्सन कोठाबाट बाहिरिनेबित्तिकै माओले उक्त सुट फुकालेर पुरानो बाथ रोब लगाएका थिए । नयाँ पत्रिका दैनिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies