Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

थुनिएका डा. गाेविन्द केसीसँग अन्तर्वाता: 'मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन'

\"\"सर्वोच्चको आदेशलाई कसरी लिनुभएको छ ? म सर्वोच्च अदालतलाई न्याय दिलाउने संस्थाका रूपमा एकदमै सम्मान गर्छु । संस्थामा सही न्यायसम्पादन गर्ने न्यायाधीशहरूप्रति मेरो मनमा सम्मान भाव छ । तर, मान नै नभएका कतिपय छन्, तिनको केको मानहानि ? न्यायपालिकाको सर्वोच्चतामाथि प्रश्न उठाउन पाइन्छ ? सबै न्यायाधीश खराब छैनन्। मैले गरेको लडाइँ असल न्यायसम्पादन गर्ने न्यायाधीशविरुद्ध हुँदै होइन । यसमा मेरो कुरा प्रस्ट छ । तर, न्यायालयमा बसेर थुपै्र गलत काम भएका उदाहरण छन् । मैले यसबारे वर्षौंदेखिका गल्तीहरूका तथ्य प्रमाण जुटाएको छु। एक नागरिकका रूपमा यसबारे बोल्नु मेरो कर्तव्य हो । अहिले अनशनचाहिँ किन बस्नुपर्‍यो ? हामी चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्षौंदेखि लडिरहेका छौं । संविधानले जनतालाई दिएको मौलिक हकका लागि हाम्रो लडाइँ हो । अहिले न्यायालयको काम जनतालाई न्याय दिने किसिमको देखिएन । त्यसैले समस्याको जरोसँगै लड्नुपरेको हो । अब अगाडि के गर्नुहुन्छ ? म मेरो प्रतिबद्धताबाट विचलित छैन । न्यायालयभित्रका विकृति विसंगति पनि छानबिनको विषय बन्नुपर्छ । टिचिङ अस्पताल सुधारसम्बन्धी हामीले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्छ । गिरफ्तारीको अवस्थामा अब तपार्इंको अनशन के हुन्छ ? मलाई हदै गरे जेल हालिएला। केही छैन, म जेलभित्रै अनशन बस्छु । किनभने म त चिकित्सा शिक्षा क्षेत्रका विकृतिमाथि यसअघि नै आमरण अनशन बसिसकेको व्यक्ति । मलाई भोलि के होला भनेर चिन्ता छैन । (अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा. केसीसँगकाे कुराकानी अाजकाे अन्नपूर्णमा छापिएकाे छ)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies