Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दंगाली जनतामा गरेको प्रतिवद्धता एक हदसम्म पुरा भयाे : महरा

\"\"काठमाडौ ।  झण्डै सात आठ वर्ष पछि नियमित उडान भर्ने वाचा सहित दाङको टरिगाँउ विमानस्थलमा समिट एयरको विमान अवतरण भयो । लामो समय देखि बन्द रहेको तुलसीपुरको टरिगाउँ विमानस्थल अब सुचारु हुने भएपछि दंगालीहरु खुसी भए । केहि समय पहिले तुलसीपुर उद्योग वाणिज्य संघको प्रयासमा गोमा एयरको एयक्राफ्ट टरिगाउँ पुगेको थियो । त्यसले पनि नियमित उडान भर्न सकेन । सीता एयरले परिक्षण उडान गरेपनि सेवा शुरु गर्न सकेन । दाङको यो मैदानमा २०१६ सालदेखि ०४२ सालसम्म नियमित विमान सञ्चालन भएको थियो । २०६० सालसम्म विमान सेवा अवरुद्ध भएको दाङमा २०६० देखि ०६६ मंसिरसम्म फेरी संचालनमा आयो । त्यसपछि फेरी सेवा बन्द भयो । विचमा फेरी सेवा दिने प्रयास भए ।  विभिन्न वहानामा सेवा बन्द हुने र खुल्ने भइरहयाे । ०७२ साल चैत २ गतेबाट टरिगाउँ विमानस्थल पूर्ण बन्द भयाे । विमान सेवा संचालन र बन्दको जुहारीले वाक्क भएका दंगालीहरुमा यस पटक भने खुसीको सीमा नै रहेन । नियमित उडान भर्नका लागि समिट एयरले आइतबारदेखि उडान भर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयर बीचको सहमति अनुसार पौष २३ गते देखि समिट एयरले अाफ्नाे उडानलाइ निरन्तर्ता दिन सुरु गरेको छ । \"\"नियमित विमान सेवा सुरु हुने भएपछि दाङवासी हषिर्त भएका छन् । जव १६ जना यात्रुलार्इ बोकेर समिट एयर टरिगाँउ विमानस्थल पुग्याे तव फुलमाला सहित जनताकाे भिडले विमानस्थल घेर्याे । विमानस्थल घेर्नुकाे एउटै कारण थियाे यात्रुलार्इ स्वागत गर्नु। दाङकाे अाकाशबाट जब विमान अवतरण भयाे, तव वरिपरीबाट स्वागतकर्मीकाे घेरामा पर्याे । विमानबाट ओर्लिने क्रममा उपप्रधान मन्त्री कृष्ण बहादुर महरा खादा र मालाले ढाकिए । एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र पाईलटलाई सयौ सर्वसाधरण नागरिकहरुले बाजागाजा सहित फुलमाला लगाएर भव्य स्वागत गरे । \"\"आयोजित स्वागत समारोहलाई सम्वोधन गर्दै नेता महराले विमान नियमित बनाउने प्रतिबद्धता जनाए । निर्वाचनताका आफुहरुले जनतामा गरेको प्रतिवद्धता एक हदसम्म पुरा गरेको महराले बताए । तुलसीपुरका मेयर पाण्डेले उपप्रधानमन्त्री महराको संयोजनमा विमान सञ्चालनमा आउन सफल भएको भन्दै आफ्नो पहलकद्मी सफल भएको दावी गरे । समिट एयरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ - काठमान्डौका लागि उडान भर्ने जानकारी दिए। स्वागत समारोहलार्इ संवोधन गरेका जनप्रतिनिधिले सवैको प्रयासमा विमान संचालनमा आएको बताए । उनिहरुले दाङ अब समृद्धिको बाटोमा लम्किएको दावी गरे । सोहि अवसरमा दंगालीले जनप्रतिनिधिलार्इ दाङ प्रदेशको राजधानी बन्नबाट रोकिन हुदैन भने । पछिल्लो समय प्रदेश राजधानीका विषयमा किचलो बढेको भन्दै उनिहरुले हरेक हिसावले पाँच नम्वर प्रदेशको राजधानी दाङ उपयुक्त हुने आधार पेश गरे । आधार भत्तकाउने काम प्रतिनिधिबाट नहोस भन्दै उनिहरुले आक्रोष पनि पोखे । \"\"दाङ राजधानी हुने आधारलार्इ युवा नेता तुलसी डाँगी \'मिलन\'ले यसरी बताए । भौगोलिक आधार दक्षिण एशिया मै ठूलो भुगोल भएको दाङ । वातावरणका हिसावले उपयुक्त । सिमाक्षेत्रबाट टाढा, सुरक्षाको दृष्टीकोणले सुरक्षित । पूर्व, पश्चिम, उत्तर र दक्षिण सवैलाई विच  र पायक पर्ने भुगोलमा अवस्थित । पर्यटनको आधार दाङ पर्यटनको बलियो आधार क्षेत्र । सोर्गद्धारी धामलाई केन्द्रीय राजधनी संग जोड्न सहज । हवाइ र यातायातको पूर्वाधार भएको क्षेत्र । केहि समय पहिले नेताहरुले दाङलाई केन्द्रीय राजधानी बनाउनु पर्छ भनेर बहस समेत चलाएकाे । यी कारणले पनि दाङ प्रादेशिक राजधानीका लागि उपयुक्त आधार भएको तर्क पेश गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies