Khabar Dabali Logo
  October 24, Sat

सिंहदरबारको छतमा रहेकाे कटेराेमा हुर्किरहेका एउटा बालक

काठमाडौं । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । त्यसको छतमा जस्ता र कपडाले बारेर बनाइएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् । सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ? चासो सबैको हुन सक्छ ।

अाजकाे कान्तिपुरमा खबर छ-यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहीको मन भने छुन्छ । मन्त्रालयमा ७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर । जो आमाको छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनिक मुख्यालय पुग्छन् । त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो–कोल्टो गरिरहन्छन् । पुसको कठ्यांग्रिँदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन । छोरा जन्मेपछि उनी २ महिना बिदा बसिन् । त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् । त्यसयता हरेक दिन बिहान करिब ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बोकेर मन्त्रालय धाउँछिन् ।

चारमहिने छोराको स्याहारसुसार र कार्यालयको आफ्नो जिम्मेवारीबीच सन्तुलन मिलाउन धुसेनी ७, इलाम मूल घर भएकी रश्मीलाई कम्ता गाह्रो छैन । मन्त्रालयका सहृदयी कर्मचारी नभएका भए त छोरालाई एक्लै छाड्न सम्भव पनि थिएन । छतमा घाम ताप्न आउने कर्मचारी दीपसागरको हेरचाहमा सहयोग गरिरहेका हुन्छन् । पहिलो प्रहरको ड्युटी सकिँदा नसकिँदै कहिलेकाहीँ त दिउँसो १ बजिसकेको हुन्छ । करिब ३ घण्टा छोराको मुखमा कुनै आहार नपर्दा रश्मीको मन नकुँडिने होइन । तर, उनले गर्न सक्ने केही छैन । ‘के गर्नु धन्न साथीभाइले पालो दिनुहुन्छ । त्यति पनि नभएको भए त कसरी काम गर्न सक्थें होला र ?’ उनले भनिन्, ‘मन गाँठो पार्नुको विकल्प छैन ।’

छोराकै कारण कार्यालयको काममा बाधा नपुगोस् भनेर सिंहदरबारभित्र रहेको शिशु स्याहार केन्द्र पनि धाइन् उनी । केन्द्रमा भनसुन र माथिकाको कुरा सुनिन्छ भनेर आफ्ना ‘हाकिम’ हरूलाई पनि भन्न लगाइन् । उल्टै ‘स्थायी कर्मचारीका बच्चाले त ठाउँ पाएका छैनन्, अस्थायी र करारका छोराछोरीले कहाँ पाउनु ?’ भन्ने जवाफ पाइन् । ‘त्यहाँ राख्न पाए निकै सहज हुने थियो,’ उनी भन्छिन्। सरकारलाई सेवा दिने कुरामा स्थायी र करारबीच कुनै भेद छैन तर, बालबालिका हुर्काउन भने किन विभेद गरिएको उनले बुझ्न सकेकी छैनन् । रश्मीमा बढेको चिन्ता देखेर उनका पति बेलाबखत सम्झाउँछन्, ‘जागिर गयो नै भने पनि चिन्ता नगर, जेनतेन गरौंला ।’

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ३ वर्षअघि जारी गरेको ‘सिंहदरबार परिसरभित्र सञ्चालित दिवा शिशु स्याहार केन्द्र सञ्चालन कार्यविधि २०७१’ कार्यविधिले दीपसागरका लागि केन्द्रको ढोका बन्द गरिदिएको छ । कार्यविधिले निजामती सेवा, स्वास्थ्य सेवा र संसद् सेवामा बहालवाला निजामती कर्मचारीका ३ महिनादेखि ३ वर्षसम्मका शिशु राख्न पाइने व्यवस्था गरेको छ । स्थायी कर्मचारीसरह सरकारलाई सेवा पुर्‍याए पनि करार र अस्थायी कर्मचारीहरू ‘निजामती’ को परिभाषामा पर्दैनन् । यही परिभाषाले दीपसागरलाई स्थायी कर्मचारीका सन्तानसरह केन्द्रमा हुर्कने अवसरबाट वञ्चित गरेको छ ।

मन्त्रालयका प्रवक्ता तोयम राय भने सरकारले दिने सेवामा करार र स्थायी सबै कर्मचारीको समान हक भए पनि स्रोत अभावले सम्भव नभएको बताउँछन् । ‘साधनस्रोत सीमित भएपछि केही न केही छेकबार त लगाउनै पर्‍यो, करार र अस्थायीका हकमा त्यही भएको हो,’ प्रवक्ता रायले भने, ‘सरकारले नियतवश विभेद गरेको होइन, ठाउँ र स्रोतले नभ्याएर मात्र हो ।’

सिंहदरबारभित्रको केन्द्रलाई विस्तार र ललितपुर र पोखरामा पनि थप केन्द्र खोल्न गृहकार्य भइरहेको पनि उनले जानकारी दिए । छोराको स्याहारसुसार र सरकारी कामबीच तारतम्य नमिल्दा जागिर गुम्ने हो कि भन्ने डर पनि छ रश्मीलाई । २ महिना बिदामा बसेर फर्केपछि उनलाई कुनै औपचारिक पत्र दिइएको छैन । तर, उनले फर्केपछि पूर्ववत् हिसाबले अह्राएको काम गर्दै आएकी छिन् । ‘छोरा सानो छ भनेर सकेसम्म कुनै पनि काम सक्दिनँ भनेकी छैन, अह्राएको काम पहिलेकै हिसाबले गर्दै आएकी छु,’ उनले भनिन् । पछिल्ला दिनमा माथिल्ला हाकिमहरूले रश्मीको कामप्रति गरेको गुनासो अप्रत्यक्ष रूपमा उनको कानसम्म ठोक्किन आइपुगेको छ । ‘करार नवीकरण नगर्ने रे भन्ने सुनेको छु, सिधै मलाई त भनिएको छैन,’ उनले भनिन् । त्यो सुनेपछि उनलाई नरमाइलो लागे पनि कसैप्रति खासै गुनासो छैन । ‘मेरो कसैप्रति गुनासो छैन । मैले पूरै मन्त्रालयलाई नै आफ्नो घर र परिवार ठानेकी छु, त्यसैले मेरो समस्या बुझिदिए हुन्थ्यो भन्ने मात्र हो,’ रश्मीले भनिन् ।

पुस २४ गते, २०७४ - ०८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top