Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अरुलार्इ पाठ सिकाउने बीबीसीमा महिला–पुरुष विभेदः सहनै नसकेपछि सम्पादकले दिइन राजीनामा

\"\"चीन । पुरूष सहकर्मीको तुलनामा असमान तलब पाएको भन्दै बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसीले पदबाट राजीनामा दिएकी छन् । बीबीसीमा ३० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएकी ग्रेसीले एउटा खुलापत्रमा उक्त संस्थामा \"गोप्य र गैरकानूनी रूपमा तलब दिने संस्कार रहेको\" बताएकी छन् ।

वार्षिक १ लाख ५० हजार पाउण्डभन्दा बढी तलब पाउने चर्चित कर्मचारीहरू पुरूष रहेको खुलासा भएपछि उनले बीबीसीले \"विश्वासको संकट\" झेलिरहेको बताएकी हुन् । तर बीबीसीले \"महिलाविरूद्ध नीतिगत विभेद नरहेको\" जनाएको छ। ग्रेसीले बीबीसीको बेइजिङ ब्यूरोको सम्पादकको पद गत हप्ता त्यागे पनि आफू बीबीसीसँगै रहने बताइन् । उनले भनेकी छन्, म टीभी न्यूजरूममा पहिल्यैको पदमा फर्किनेछु \"जहाँ म आशा गर्छु मैले समान तलब पाउनेछु ।\" म्यानड्रिन भाषा फरर बोल्ने चीन मामिला विज्ञ ग्रेसीको बजफीड न्यूजले प्रकाशित गरेको खुलापत्रमा लेखिएको छ, \"बीबीसी, लाइसेन्स शुल्क तिर्ने तपाईँहरूको हो ।\" \"मलाई लाग्छ उसले समानतासम्बन्धी कानून तोडिरहेको र निष्पक्ष तथा पारदर्शी भुक्तानीसम्बन्धी संरचनाका लागि दिइएको दबाबको प्रतिरोध गरिरहेको छ भन्ने कुरा थाहा पाउनु तपाईँहरूको अधिकार हो ।\" गत जुलाईमा वार्षिक डेढ लाख पाउण्डभन्दा बढी कमाउने सबै कर्मचारीको तलब सार्वजनिक गर्न बीबीसी बाध्य भएको थियो । ग्रेसीले बीबीसीका दुईजना अन्तर्राष्ट्रिय पुरूष सम्पादकले आफ्ना महिला समकक्षीले भन्दा \"कम्तीमा ५० प्रतिशत बढी\" तलब पाउने गरेको थाहा पाएपछि आफू निरूत्साहित बनेको बताएकी छन् । बीबीसीका अमेरिका सम्पादक जोन सोपेलले २,४९,९९९ पाउण्ड र मध्यपूर्व सम्पादक जेरेमी बोवेनले १,९९,९९९ पाउण्ड पाउने गरेको खुलासा भएको थियो । ग्रेसी त्यो सूचीमा परेकी थिइनन्, जसको अर्थ उनको तलब डेढ लाख पाउण्डभन्दा कम छ । खुलापत्रमा उनले लेखेकी छन्, \"समानतासम्बन्धी ऐन २०१० ले समान कामका लागि महिला र पुरूषले समान तलब पाउनुपर्ने उल्लेख गरेको छ ।\" ग्रेसीले महिला कर्मचारीमा \"धैर्य र सद्‍भाव सकिन लागेको\" बताएकी छन् । बीबीसी मीडीया सम्पादक अमोल राजनले ग्रेसीको राजीनामा सो संस्थाका लागि \"ठूलो टाउको दुखाइ\" बनेको बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies