Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बलिउडका यी सेलेब्रिटी: जाे याे बर्ष देखिदैनन् पर्दामा

\"\"बलिउडमा सन् २०१८ मा थुप्रै फिल्म रिलिज हुँदै छन् । तर, चर्चित केही सेलेब्रिटीका फिल्म भने यो वर्ष दर्शकले हेर्न पाउने छैनन् । त्यो किन हो भने, कतिपय कलाकारको हातमा फिल्म परेका छैनन् । अनि कुनै कलाकारको यो वर्ष फिल्म सुटिङ त हुँदै छ, तर प्रदर्शन मिति सन् २०१९ लाई तोकिएको छ । भारतीय अनलाइनले उल्लेख गरेअनुसार सन् २०१८ मा प्रियंका चोपडा, विपाशा बसु, विद्या बालन, विवेक ओबरायलगायतका चर्चित सेलेब्रिटीका फिल्म रिलिज हुने छैनन् । विद्या बालन सन् २०१८ मा दर्शकले विद्या बालनको नयाँ फिल्म हेर्न पाउने छैनन् । सन् २००५ मा ‘परिणीति’ फिल्मबाट हिरोइन बनेकी विद्याले त्यसपछि ‘लगे रहो मुन्ना भाइ’, ‘भुलभुलैया’, ‘डर्टी पिक्चर’, ‘कहानी’लगायतका सुपरहिट फिल्म दिएकी छिन् । पछिल्लो समय गत वर्ष उनको ‘तुम्हारी सुल्लु’ रिलिज भएको थियो । तुम्हारी सुल्लु फ्लप भयो । अचेल विद्या फिल्मविहीन छिन् । आदित्य राय कपुर आदित्य राय कपुरलाई पनि सन् २०१८ मा पर्दामा देख्न पाइने छैन । सन् २००९ मा ‘लन्डन ड्रिम्स’ नामक फिल्मबाट डेब्यु गरेका आदित्यको पछिल्लोपटक गत वर्ष ‘ओके जानू’ रिलिज भएको थियो । फिल्म चलेन । ‘आशिकी २’बाट हिरोका रूपमा चर्चित भएका आदित्यको त्यसपछिको करिअरले उचाइ लिन सकेको छैन । विपाशा बसु विपाशा बसु फिल्मविहीन भएको धेरै भइसक्यो । करणसिंह ग्रोबरसँग बिहे गरेपछि उनको हातमा फिल्म परेको खबर आएको छैन । यद्यपि विपाशा र करणले गत वर्ष एउटा कन्डमको विज्ञापनमा सँगै अभिनय गरेका थिए । विपाशाको हातमा कुनै फिल्म नपरेकाले दर्शकले उनलाई यो साल पनि पर्दामा हेर्न पाउने छैनन् । उनको प्रदर्शित पछिल्लो फिल्म सन् २०१५ को ‘अलोन’ हो । प्रियंका चोपडा सन् २०१८ मा दर्शकले प्रियंका चोपडाको नयाँ फिल्म हेर्न पाउने छैनन् । किनभने, प्रियंकाले यो वर्ष रिलिज हुने कुनै फिल्म साइन गरेकी छैनन् । उनी अब छिट्टै नै रियालिटी सो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’मा व्यस्त हुनेछिन् । त्यसकारण उनले अफर आएका फिल्म साइन नगरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१७ मा उनको ‘बेवाच’ नामक हलिउड फिल्म रिलिज भएको थियो । बेवाच फ्लप भएको थियो । आथिया सेट्टी अभिनेता सुनील सेट्टीकी छोरी आथिया पनि फिल्मविहीन छिन् । सन् २०१५मा ‘हिरो’ फिल्मबाट हिरोइन बनेकी उनको गत वर्ष ‘मुबारका’ रिलिज भएको थियो । तर, मुबारकाले कुनै कमाल देखाउन सकेन । वाणी कपुर वाणी कपुर बलिउडमा चल्न नसकेकी हिरोइन हुन् । सन् २०१३मा रिलिज भएको ‘शुद्ध देशी रोमान्स’बाट हिरोइन बनेकी उनी पनि फिल्मविहीन छिन् । त्यसैले यो वर्ष दर्शकले उनलाई पर्दामा हेर्नुपर्ने छैन । उनको प्रदर्शित अन्तिम फिल्म ‘बेफिक्रे’ हो । जुन, सन् २०१६ मा रिलिज भएको थियो । निमरत कौर अभिनेत्री निमरत कौर पनि फिल्मविहीन छिन् । त्यसकारण यो वर्ष उनलाई पर्दामा देख्न पाइने छैन । सन् २००५मा ‘यहा’ नामक फिल्मबाट डेब्यु गरेकी निमरतको सन् २०१६ मा ‘एअरलिफ्ट’ रिलिज भएको थियो । उनले ‘वान नाइट विथ द किङ’, ‘द लन्च बक्स’, ‘होमल्यान्ड’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । श्रुति हसन अभिनेत्री श्रुति हसनलाई पनि यो वर्ष पर्दामा हेर्न पाइने छैन । श्रुतिले अहिलेसम्म नयाँ फिल्म साइन नगरेकाले त्यसो भएको हो । सन् २००९ मा ‘लक’ फिल्मबाट डेब्यु गरेकी श्रुतिको पछिल्लो फिल्म ‘बहन होगी तेरी’ हो । गत वर्ष रिलिज भएको त्यो फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । अभिनेता कमल हसनकी छोरी श्रुति दक्षिण भारतीय फिल्ममा निकै व्यस्त हुने गर्दछिन् । उनको दक्षिण भारतीय फिल्ममा वर्चस्व छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies