Khabar Dabali Logo
  October 25, Sun

जो मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो…

कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन । हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ । त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ ।

बुडापेस्टस्थित एउटा अपार्टमेण्टमा हवानिज प्रजातिको ९ वर्षीय कुकुरलाई शवसँगै गत बुधवार फेला पारिएको हो ।

जाजा नाम गरेको कुकुरलाई निकै कमजोर अवस्थामा फेला पारिएको बुडापेस्टस्थित जनावर अधिकारसम्बन्धी एक अधिकारीले बताए । जाजाकी ६० वर्षीया मालिक्नीको प्राकृतिक मृत्यु भएको बताइएको छ । समाचार संस्था रोयटर्सका अनुसार हप्तौँदेखि ती वृद्धालाई नदेखेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरे ।

अपार्टमेण्टमा प्रहरीहरू छिर्दा कुकुर आफ्नी मालिक्नीको शवको छेउमा बसिरहेको थियो ।

उद्धारकर्मीहरूका अनुसार जाजा नजिकै थोरै खाना थियो र त्यो सुकिसकेको थियो । खाना नपाएको भए कुकुर मरिसकेको हुन्थ्यो होला ।

राहत तथा उद्धारकर्मीहरूका अनुसार जाजा निकै कमजोर भइसकेको थियो र उभिन पनि सक्षम थिएन । कुकुरको अवस्थामा अहिले केही सुधार आएको बताइएको छ । त्यसले फेरि पुच्छर हल्लाउन थालेको उद्धार गर्ने संस्थाले जनाएको छ । बीबीसी

पुस २४ गते, २०७४ - १०:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top