Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

माओवादी संगठन अद्यावधिक गर्दै

\"\"काठमाडौं । माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ। पार्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर\' देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल\' हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो। आजको अन्नपूर्णमा खबर छ-संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो। समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन्। समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्यविभाजन गरेको छ। समितिले केन्द्रदेखि स्थानीयसम्म कमिटीको आकार (संख्या), नेताकार्यकर्ता जिम्मेवारी, दोहोरो भूमिकालगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ। ०७३ जेठ मा विभाजित पार्टीका विभिन्न घटकसँग एकतापछि माओवादीको संगठनात्मक संरचना अस्तव्यस्त थियो। पार्टीको सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् नेतृत्वलाई नै जानकारी छैन। केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटीसम्बन्धी तथ्यांक पनि केन्द्रीय कार्यालयसँग छैन। भद्दा र ठूलो संगठनात्मक संरचनामा जेलिएकाले केन्द्रीय कार्यालयमा पार्टी सदस्य संख्या, कमिटी, नेताहरूको जिम्मेवारी केही पनि अद्यावधिक छैन। एमालेसँग पार्टी एकता प्रक्रिया र आफ्नै पार्टीको संगठनात्मक संरचना प्रभावकारी बनाउन पनि अद्यावधिक तथ्यांक उपयोगी हुने भएकाले काम सुरु गरेको समिति तथा सचिवालय सदस्य लेखराज भट्टले जानकारी दिए। ‘पार्टी एकतामा आएका र त्यस क्रममा भएका संगठनात्मक निर्णय व्यवस्थित र अद्यावधिक थिएनन्\', भट्टले भने, ‘तिनलाई व्यवस्थित गर्न र पार्टी सदस्य र कमिटीसम्बन्धी तथ्यांक चुस्तदुरुस्त पार्ने काम सुरु भएको छ।\' माओवादीको पार्टी सदस्य साढे ३ लाखभन्दा बढी रहेको अनुमान छ। तथ्यांक संकलन गर्न समितिका सदस्यलाई प्रदेश स्तरबाटै कार्यविभाजन गरेर परिचालन गरिएको छ। एक साताभित्रै काम सक्ने गरी द्रुत गतिमा काम भइरहेको भट्टले बताए। प्रदेश १ मा काफ्ले, प्रदेश २ मा यादव, प्रदेश ३ मा पोखरेल, प्रदेश ४ र ५ मा रायमाझी, प्रदेश ६ मा बस्नेत र प्रदेश ७ मा भट्टलाई जिम्मेवारी दिइएको छ। ‘संगठनात्मक संरचनाको तथ्यांक संकलन गर्न कार्यदलको बैठक बसेर नेताको जिम्मेवारी बाँडफाँट गरिरहेका छौं, त्यसैअनुसार काम अघि बढिसकेको छ\', भट्टले भने। कार्यदलमा अहिलेसम्म भएका प्रगति र थप योजना निर्माण गर्न सोमबार अर्को बैठक बस्दै छ। कार्यदलका सदस्य सुनील मानन्धरले ३ तहमा संगठनात्मक संरचना अद्यावधिक गरिने बताए। उनका अनुसार पहिलो चरणमा नेता रामबहादुर थापालगायत १० माओवादी घटकको एकतापछि कमिटीको अवस्था, जिम्मेवारीलगायत पहिलो तथ्यांक संकलन हुनेछ। समितिले त्यसपछि पार्टी एकतामा आएका नेताकार्यकर्ताको जिम्मेवारी दोस्रो चरणमा अध्ययन गरिने र तेस्रो चरणमा एमालेसँग एकता गर्दा पार्टी कमिटीको तथ्यांक राख्ने छ। माओवादीमा नेकपा संयुक्त, देवेन्द्र पौडेललगायत नयाँ शक्तिका नेतादेखि अन्य नेता आएपछि कमिटी भद्रगोल छ। पार्टी मूल नेतृत्वले कुनै कमिटीमा निर्णय नगरि जथाभावी जिम्मेवारी दिएपछि कुन नेताले कुन जिम्मेवारी पाए, कति नेता कार्यकर्ता जिम्मेवारीबाट विमुख भए माओवादीसँग कुनै अभिलेख छैन। मोटामोटी तथ्यांक तयार भएपछि संगठन परिचालन र जिम्मेवारी व्यवस्थित गर्न सहज हुने मानन्धरले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies