Khabar Dabali Logo
  October 25, Sun

वाम गठबन्धन तोड्न बाह्य शक्तिकाे षड्यन्त्र : राेहित

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए । प्रजिअ द्रोण पोखरेलले भक्तपुरका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गरे ।

पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं ‘मजदूर दैनिक’का सम्पादक सरोजराज गोसार्इं, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, राष्ट्रिय नेवा देय दबुका अध्यक्ष केके मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि संगठित भएर मिसन पत्रकारिता शुरु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लब भक्तपुरका अध्यक्ष सुशीलबन्धु थापालाई ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएकाे थियो ।

पुस २३ गते, २०७४ - १५:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top