Khabar Dabali Logo
  October 21, Wed

याे सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले स्वीकार नगर्ने : ज्ञवाली प्रदेश प्रमुखको आयु डेढ/दुई महिना मात्रै

काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन ।

यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए ।

समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए । साथै ज्ञवालीले यदि प्रदेशको अस्थायी राजधानी नतोक्ने हो भने प्रदेश प्रमुख पनि नियुक्त नगर्न सरकारलाई सुझाव दिए । ‘गर्न नहुने सबै गर्ने तर, गर्नुपर्ने कुराचाहिँ नगर्ने ?’ उनले भने, ‘त्यसो भए राष्ट्रपतिसँगै सपथ गराए भयो, प्रदेश प्रमुख किन तोक्ने ?’

अहिले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले स्वीकार नगर्ने संकेत गर्दै ज्ञवालीले भने, उहाँहरुले सहमति गर्नुहुन्न, सहमति नगरेपछि प्रदेश प्रमुखको आयु डेढ/दुई महिना होला । किनभने त्यो निर्णयप्रति हामी जवाफदेही हुँदैनौं ।’

पुस २३ गते, २०७४ - १५:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top