Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपालमा भारतीय चासाे, किन बढ्याे राजदुतकाे अस्वभाविक दाैडधुप ?

\"\"काठमाडौं ।  नेपालकाे राजनीतिमा हस्तक्षपकारी भूमिका खेलेकाे भारतले फेरी अाफ्नाे चाँसाे अस्वाभाविक तरिकाले बढाएकाे छ । नयाँ सरकार गठनको प्रक्रिया सुरुसंगै  नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको दौडदूध सर्वाधिक बढेकाे छ । वाम गठबन्धन कसरी भत्काउन सकिन्छ त्यसलार्इ मुख्य उद्देश्य बनाएका देशी तथा विदेशी शक्तिले विभिन्न किसिमका चलखेललार्इ तिव्रता दिएका छन् । वाम गठबन्धनका नेताहरुले अाैपचारिक र अनाैपचारिक दुवै तरिकाले भन्दै पनि आएका छन् । यहि बेला पुरीको याे अस्वाभाविक दौडधूपले थप आशंका पैदा गरेकाे नेताहरुले बताएका छन् । दिल्ली उड्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट फर्केका पुरी, दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । फोनसंगसंगै राजनीति पनि पेचिलो बन्दै गयाे । मोदीले फोनवार्तामा के  कुरा गरे ? नखुलाएका तीनै दलका प्रमुख नेताले मोदीको फोन पछि केपी शर्मा ओली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोही राती एक वजेसम्म बालकोटमा छलफल गरेकाे नेताहरुले बताए । मोदीको फोन पछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्न समेत ‘अफर’ गरेकाे विषयले राजनीति एकाएक तताएकाे थियो । ओलीलाई भेटेर जब मन्जिभ सिंह पुरी दिल्ली उडे, त्यसपछि सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरे । ओली र यादवकाे छलफलले राजनीतिमा तरङ्ग पैदा भयो । दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भए । पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किन पगे । यहि कुराबाट पनि प्रष्ट रुपरेखा देखिएकाे छ । पार्टी एकताकाे प्रक्रिया छिटाे टुङ्गाे लगाउन कार्यकर्ताले भनिरहेका बेला अाशंकापूर्ण अभिव्यक्ति अाइरहेका छन् । पछिल्लो समय पनि एमाले अध्यक्ष ओली र माअाेवादी अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । कार्यकर्तामा अालस्यता पैदा भएकाे छ कि कहिले एकता नगरेर जनताकाे चाहना विपरितकाे निर्णयत हुने त हैन ? अनावश्यक चाँसाे वाम गठबन्धनकाे सरकार हुने निश्चित देखिएपछि राजदूत पुरीकाे अस्वभाविक सक्रिय चाँसाे बढेकाे छ । उनि अाफुमात्र सक्रिय भएका छैनन् , त्यसमा काँग्रेसलाई पनि सक्रिय बनाइएको छ । कांग्रेसकाे बैठक चलिरहेको बेला पुस १४ गते एकाएक प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदुतले कांग्रेसका अन्य शीर्ष नेतालाइसमेत राखेर छलफल गरेको समेत वाहिर अाएकाे छ । शुक्रबार मात्रै राजपा अध्यक्ष मण्डलका नेताहरुले भारतीय विदेश मन्त्रालयमा नर्थ डेक्स हेर्ने सुधाकर दलेलसँग भेट गरेका छन् । उनी केहि दिन पहिला नेपाल आएको बताइएको छ । सुधाकर दलेलसँग राजपा नेताहरुको एकघण्टा भएकाे छलफललार्इ अर्थपूर्ण तरिकाले हेरिएको नेताहरुले बताएका छन् । यसविषयमा महन्थ ठाकुरका सहयोगी सत्येन्द्र मिश्रले गोप्य छलफल भएको कुरा खुलाउन चाहेनन् । दलेलले काँग्रेस, माओवादी र एमालेका नेताहरुलाई पनि भेटेको बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies