Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एक वर्षे म्याद थपको निर्णयप्रति असन्तुष्टि

\"\"काठमाडाैं । दुईवटा संक्रमणकालीन न्यायिक निकायका पदाधिकारीले सरकारले म्याद थप्ने भनेको एक वर्षको समय पर्याप्त नहुने बताएका छन् ।

आगामी माघको अन्तिम साता म्याद सकिन लागेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद एक वर्ष थप्ने निर्णय शुक्रवारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । तर एकजना मन्त्रीले दुई आयोगलाई निरन्तरता दिनु नै अहिलेका लागि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् । गम्भीर प्रकारको मानव अधिकार उल्लङ्घनसम्बन्धी ६० हजारभन्दा बढी उजुरी अध्ययन गरिरहेको सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारीहरूका अनुसार आयोगको समयावधि थप्नु उनीहरूका लागि महत्त्वपूर्ण होइन । उनीहरूका भनाइमा कानून निर्माण जस्ता मुख्य विषयमा सरकारको सहयोग नपाएसम्म संक्रमणकालीन न्याय सम्पादनको काम सहज हुने छैन । सत्य निरूपण तथा मेलमिलाप आयोगका एक सदस्य श्रीकृष्ण सुवेदीले भने, \"ऐन संशोधनको जुन कुरा छ, त्यसलाई बेवास्ता गरेर एक वर्ष म्याद थप्नु भनेको समय लम्ब्याउनु र हामीलाई फसाउने कुरा मात्रै हो ।\" संक्रमणकालीन न्याय अन्तर्गत बेपत्ता पारिएका व्यक्तिबारेका मुद्दा हेर्न तीन वर्ष अगाडि गठन गरिएको अर्को निकाय बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पनि कानून, बजेट र विशेषज्ञको अभाव जस्ता समस्या झेलिरहेको अधिकारीहरू बताउँछन् । तीन हजारभन्दा बढी बेपत्ता व्यक्तिबारेका उजुरी संकलन गरेर २३ सयमा विस्तृत अध्ययन थालेको बताएको बेपत्ता आयोगले आफ्नो कार्य सम्पन्न गर्न तीन वर्ष समय आवश्यक पर्ने जनाएको छ । आयोगका प्रवक्ता विष्णु पाठक भन्छन्, \"एक वर्ष होइन तीन वर्षमा हामी काम सक्छौँ भनेर हामीले सरकारलाई लिखित दिएका छौँ । एक वर्षमा सक्छ भन्ने पक्षमा आयोग छैन ।\" आगामी माघ २६ गते म्याद सकिने भएपछि मन्त्रिपरिषद्ले ती दुवै आयोगको समयावधि एक वर्ष थप्ने निर्णय गरेको थियो । कानूनमन्त्री यज्ञबहादुर थापाले आयोगहरूले भोगिरहेका समस्या क्रमशः सम्बोधन गरिने बताए । उनले भने, \"सर्वोच्च अदालतले गरेका आदेश र उहाँहरूले भोगेका अप्ठेरालाई संसद्बाट एक वा दुई महिनाभित्र सम्बोधन हुनेछ ।\" सरकारले गरिरहेको भनिएको असहयोग तथा अधिकारविहीन भनिएका दुवै आयोगले आफ्ना काम अघि बढाउन नसक्दा १० वर्षे माओवादी द्वन्द्वकालमा भएका हत्या, अपहरण, बलात्कार, यातना जस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका मुद्दामा पीडितले न्याय पाउन अझै समय लाग्न सक्ने चिन्ता कतिपयमा छ । जति समय लागे पनि प्रमुख मुद्दाहरू भने कुनै पनि बेला बल्झिन सक्ने सम्भावना जीवितै रहने विज्ञहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies