Khabar Dabali Logo
  October 24, Sat

सिंहदरबारकै हालत बेहाल: न बत्ती न सुरक्षा

काठमाडाैं । स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरूले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैँ अस्तव्यस्त छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछडिएको क्षेत्रजस्तो छ । अाजकाे नयाँ पत्रिकामा खबर छ-सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ ।

‘म्यानुअल चेक’ले समस्या

सिंहदरबार प्रवेश गर्ने दक्षिण मोहडास्थित मुख्य ढोकामा अझै पनि परम्परागत तरिकाले नै सुरक्षा चेकजाँच हुन्छ । सुरक्षाकर्मीले परिचयपत्रबाहेक अन्य चेक गर्दैनन् । ‘अन्य मुलुकका सामान्य कार्यालय प्रवेश गरिँदा सुरक्षा चेकजाँचमा कुनै सम्झौता हुँदैन । आधुनिक सुरक्षा संयन्त्र प्रयोग गरिन्छ । तर, सिंहदरबार प्रवेश गर्नेको हकमा त्यस्तो केही छैन,’ सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले भने ।

दैनिक ट्राफिक जाम

सिंहदरबारभित्र प्रवेश गर्नेलाई जाँच गर्दा दिनहुँ अनामनगरदेखि हनुमानथानसम्म ट्राफिक जाम हुने गर्छ । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी कार्यरत छन् । ती सबै १० बजे कार्यालय आउने र साँझ ५ बजे घर फर्कन्छन् । यो समयमा सधैँ ट्राफिक जाम हुने गर्छ । ‘सबै कर्मचारीलाई चेकजाँच गर्नै पर्‍यो । ‘म्यानुअल्ली’ सुरक्षा जाँच गरिँदा यस्तो समस्या आएको हो,’ डिएसपी जोशीले भने ।

अधिकांश पोलका बल्ब बल्दैनन्

सिंहदरबारभित्र एक सय ५५ वटा बिजुलीका पोल गाडिएका छन्, सबैमा बल्ब जडान गरिएको छ । तर, ४२ पोलका बत्ती मात्रै बल्छन् । सिंहदरबारभित्रका मुख्य सडकमा मात्रै बत्ती छ । मन्त्रालयभित्रका पार्क, मन्त्रालय परिसर, सहायक सडक अँध्यारै रहन्छन् । सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले पर्याप्त मात्रामा बिजुलीका पोल राख्न नसकिएको बताए । ‘हाम्रो रेकर्डमा १५५ ठाउँमा बिजुलीका पोल जडान गरिएका छन् । त्यसमध्ये अधिकांश बल्दैनन्,’ उनले भने ।

सिसिटिभी प्रयोजनविहीन

बिजुली नबलेपछि सुरक्षा निगरानीका लागि जडान गरिएका सिसिटिभी पनि प्रयोजनविहीन भएका छन् । सिंहदरबारभित्र १९ ठाउँमा सिसिटिभी जडान गरिएका छन्, त्यसमध्ये १६ वटाले मात्रै काम गर्छन् । रातको समयमा भने त्यसले पनि काम गर्न छाड्छ । ‘दिउँसोको समयमा सिसिटिभीले राम्रै काम गर्छ, रातमा भने काम गर्दैन । सिंहदरबार छिर्ने मुख्य गेटमा बाहिर बलेका बिजुलीका कारण सिसिटिभीले जसोतसो काम गर्दै छ,’ डिएसपी जोशीले भने । पर्याप्त बत्ती नभएकै कारण सिंहदरबारभित्र चोरीका घटना हुने गरेको प्रहरीले जनाएको छ । केही दिनअघि सिंहदरबारभित्र बा २ झ २९२७ नम्बरको सस्पेन्सर ब्रिज गाडीको चारवटा टायर चोरी अँध्यारोकै कारण भएको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयछेउकै बाटो अँध्यारो

गृह मन्त्रालयअगाडि हुँदै सिंहदरबारबाट बाहिरिने पश्चिमतर्फको गेटसम्म करिब दुई सय मिटर सडक कच्ची छ । वर्षाको समयमा सो सडक हिलोले हिँडिसक्नु हुँदैन । दुर्गम क्षेत्रजस्तो छ । अहिले पानी नपरेकाले धुलोले मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, सो सडकमा बिजुली पनि छैन । सुरक्षाकर्मी रातको समयमा टर्चलाइट बालेर ओहोरदोहोर गर्छन् । ‘मुलुकको समग्र सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयकै अगाडि यस्तो अवस्था छ भने दुर्गममा झन् कस्तो होला ?’ एक सुरक्षाकर्मीले भने ।

पुस २३ गते, २०७४ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top