Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित

\"\"काठमाडाैं । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो । अाजकाे नयाँ पत्रिकामा खबर छ-अहिलेसम्म मृत्यु हुनेमा जुनीचाँदे–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षका सतरूप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरबायाँ टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीको पाँच दिनका छोरा, शान्तबहादुर शाहीको दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, काले दमाईंको सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षकी छोरी कविता र एक नाम नखुलेको बालक रहेको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न सकेका छैनन् । ‘जिल्लाबाट औषधि लिएर गएका स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्,’ सिंहले भने । प्रभावित क्षेत्र दुर्गम भएका कारण महामारीको खबर बाहिर आउन नसकेको उनले बताए । झारफुकमा लाग्दा ज्यान गयो विरामी हुनासाथ स्वास्थ्य संस्था जानुभन्दा धामीझाँक्रीको भर परेकाले नौजनाको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ अन्तर्गत जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोका बिरामी बढी देखिएका छन् । विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ । स्वास्थ्य संस्था जनताको पहुँचभन्दा टाढा भाइरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोटभन्दा टाढा रहेकाले उपचारमा समस्या देखिएको छ । सदरमुकामबाट टाढा भएका कारण औषधि लिन जान समय लाग्ने गर्दछ । रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाउन पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग आग्रह गरेका छन् । एउटै घरका तीन/चार बिरामी, परीक्षा प्रभावित जुनीचाँदे गाँउपालिका–२ मजकोटमा धेरै बिरामी परेका छन् । एउटै घरमा ३–४ जना बिरामी परेको स्थानीय काशीराम न्यौपाने बताए । छेडागाडका सुवानाउली र टीकाचौरमा रुघाखोकीका बिरामी धेरै छन् । बारेकोट गाउँपालिका–५ मा भाइरल ज्वरोले विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रधानाध्यापक मनबहादुर सिंहले बताए । विद्यार्थी नआउँदा परीक्षासमेत प्रभावित भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन्  । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भने, ‘एचवानएनवान हो कि भनेर टेस्ट किड पठाएका छौँ ।’ इन्फ्लुएन्जाको आशंकामा सेम्पल काठमाडौं मगाइयो काठमाडौं/जाजरकोटमा फैलिएको भाइरल ज्वरोलाई सरकारले सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) को आशंका गरेको छ । बिरामीमा देखिएको लक्षण एचवानएनवानसँग मिल्दोजुल्दो भएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिरामीको रगत (सेम्पल) काठमाडौं मगाएको छ । महाशाखा निर्देशक डा. भीम आचार्यले जाजरकोटमा फैलिएको भाइरल ज्वरोबारे शनिबार मात्रै जानकारी पाएको भन्दै बिरामीको रगत तत्काल काठमाडौं पठाउन निर्देशन दिएको बताए । ‘बिरामीको अवस्था हेर्दा सिजनल इन्फ्लुएन्जा (एचवानएनवान) जस्तो देखिएको छ,’ उनले भने, ‘तर रगतको परीक्षण नगर्दासम्म के भएको हो भन्न सकिन्न ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies