Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सकियो भरतपुर नगरसभा, के-के योजना पारित भए ?

\"\"चितवन । भरतपुर महानगरपालिकाको प्रथम नगरसभाको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आज बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको बन्द सत्रले ३ अर्ब ५० लाखको बजेट सहित अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाका निति तथा कार्यक्रम पास गरेको हो । मेयर रेणु दाहालले अध्यक्षतामा भएको कार्यक्रमले ९५ कि मि महानगरीय रिङ्ग रोड तथा पुर्व पश्चिम एवं उत्तर दक्षिण लिकं रोड निमार्ण प्रस्तावलार्इ पास गरेको छ । नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा रहेको दिर्घकालिन योजनाको रुपमा अन्य नगर सग जोडन नारायणी नदिमा ३ वटा पुल निर्माणको प्रस्ताब पनि पास भएको मेयर रेणु दाहालले बताइन् । महानगरको पहिलो नगर सभाले जेष्ठ नागरिक तथा महिलालाई भरतपुर हस्पिटलमा नि:शुल्क ओपिडी सेवा , महानगरीय छात्रबृत्ती दिने, पर्यटकिय क्षेत्रको बिस्तार र बिकास , जनता आवास तथा जनता तटबन्ध कार्यक्रम , शिक्षा र स्वास्थ्यको हब, लगायत महत्वपूर्ण निर्णयहरु गरेको मेयर दाहालले बताइन् । पूर्वाधार विकास क्षेत्र तर्फ १ अर्व ३४ करोड ४ लाख ६८ हजार,बतावरण तथा विपद व्यवस्थापन तर्फ १३ करोड ८७ लाख ५० हजार, सामाजिक विकास तर्फ ६० करोड २७ लाख २५ हजार,आर्थिक विकास तर्फ ५ करोड ८१ लाख १६ हजार,प्रशासनिक क्षेत्र तर्फ ४१ करोड ४९ लाख ४१ हजार र सामाजिक सुरक्षा भत्ता तर्फ ४५ करोड रकम पारित भएको छ । एक शहर एक पहिचान, एकीकृत शहरी विकास योजना समेत नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेको छ । यो सँगै वातावरण तथा सरसफाइ र सामाजिक क्रियाकलापमा समेत महानगरले ध्यान केन्द्रित गरेको छ । महानगरले इको – टुरिजम , खरका घर मुक्त महानगर , महानगर छात्रावृति कार्यक्रम , हाम्रा बालबालिका हाम्रो भविस्य अभियान , अति बिपन्न तथा गरिब वर्ग र एचआइभी संक्रमितलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने , जेस्ठ नागरिक दिवा सेवा केन्द्र संचालन , मेयर कप खेलकुदका कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम पास भएको दाहालले बताइन् । त्यस्तै क्लिन भरतपुर,ग्रिन भरतपुर,एक वडा एक उद्यान,एक वडा एक पोखरी, एक मार्ग एक रङ्ग नारालाई पनि विशेष प्रथामिकतामा राखिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies