Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

समन्वय नहुँदा समस्यामा राष्ट्रिय गौरवका आयोजना

\"\"काठमाडौं । सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको कार्यप्रगति कछुवाको गतिमा रहेको पाइएको छ । सरकारी निकायबीच समन्वयको अभाव, निर्माण सामग्रीको अभाव तथा स्थानीय स्तरमा रहेका सानातिना समस्याका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति समग्रमा राम्रो हुन नसकेको हो ।

ती आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी कार्यप्रगति भएका चार वटा मात्रै आयोजना रहेका छन् । भेरी बबई डाइभर्सन आयोजनाको मात्रै प्रगति १२१ प्रतिशत भएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रगति ९० प्रतिशत भएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार ५० देखि ७९ प्रतिशतसम्म प्रगति भएका आयोजना पाँच वटा रहेका छन् भने ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको संख्या १० वटा रहेको छ । कुनै पनि प्रगति नभएका आयोजनाको संख्या दुई वटा रहेको छ । गौरवका आयोजनामा सिक्टा सिँचाइ, बबई सिँचाइ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनन काठमाडौँ–तराई द्रुतमार्ग, उत्तर–दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी, उत्तर–दक्षिण लोकमार्ग कोशी, मध्यपहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी लोकमार्ग, पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बारा, पोखरा क्षेत्रीय विमानस्थल, भैरहवा क्षेत्रीय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण आयोजना रहेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हाल ९४ प्रतिशत निर्माण सम्पन्न भएको छ । कुल ४५६ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने सो आयोजना २०७५ मंसिरमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले आयोजना लक्ष्यअनुरुप नै अगाडि बढिरहेको र तोकिएको समयमा निर्माण सम्पन्न हुने बताए । यस्तै नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेशिन(टिबिएम) प्रयोग गरेर निर्माण भइरहेको भेरी बबई डाइभर्सन आयोजनाको कार्यप्रगति सोचेभन्दा राम्रो रहेको आयोजना प्रमुख शिवबहादुर बस्नेत बताउँछन् । टिबिएम जडान गरिएको ४० दिनमा सो आयोजनाको एक हजार १०० मिटर सुरुङ खनिएको छ । बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यस्तै बाँके र बर्दियाका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको बबई आयोजनाको प्रगति पनि ९१ दशमलव पाँच प्रतिशत रहेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको प्रगति पनि ८० प्रतिशत माथि छ । चालु आवको चार महिनासम्ममा कोशी राजमार्गको १५, कालीगण्डकी करिडोरको १२ र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति पाँच प्रतिशत मात्र रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेको भनाइ छ । उपाध्यक्ष वाग्लेका अनुसार सरकारले त्यस्ता आयोजनामा बजेटको अभाव हुन नदिए पनि कार्यप्रगति सन्तोषजनक नहुनुको पछाडि समन्वयको नै अभाव देखिएको बताउँछन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी रुपमा गति दिन यसअघि दिएका निर्देशनको समेत पुनरावलोकन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । लामो समय लगानीका विषयमा विवादमा फस्दै आएको बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति एक प्रतिशतभन्दा तल रहेको छ । सो आयोजनाका सम्बन्धमा सरकारले स्वदेशी लगानीमा नै निर्माण गर्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिएको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे बूढीगण्डकी आयोजनाको सम्बन्धमा मन्त्रालयले आवश्यक निर्णय गरेर प्राधिकरणलाई दिइएकाले अब प्रगतिको दिशामा जाने विश्वास व्यक्त गर्छन । काठमाडौँ–तराई द्रुतमार्ग, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल र पश्चिम सेती जलविद्युत् आयोजनाको प्रगति नै हुन सकेको छैन । यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पनि प्रगति हुन नसक्ने आयोजनाको रुपमा रहेको छ । गौतमबुद्ध विमानस्थल परियोजनाका आयोजना प्रमुख नै नभएका कारण मुआब्जा वितरणलगायतका काम रोकिएका छन् । सो विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण गर्नुपर्ने अवस्था रहेको छ । तर आयोजना प्रमुख नै नहुँदा निर्माणमा बाधा उत्पन्न भइरहेको छ । निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण ढाँचाबारे हालसम्म सहमति नै हुन सकेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माणको ढाँचा तय गर्न अर्थ मन्त्रालय र आयोगलाई पटकपटक आग्रह गरे पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । मन्त्रालयले गत भदौ २६ गते नै रायका लागि अर्थमन्त्रालय र आयोगमा पत्राचार गरे पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । ठूला निर्माणाधीन आयोजनाको उपकरण ढुवानीका लागि सम्बन्धित सडक कार्यालय र अन्य निकायबीच समन्वय हुन नसकेको पाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies