Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

'मधेशको लागि ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्याराे, किन अाेलीदेखि तर्सिन्छ मधेश ?

\"\"काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।   शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“मैले पहिलेपनि भनेको छु, आजपनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ।” उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने,“प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।” खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो । त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माँग गरे । उनले भने,“हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो । उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनि जिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गरे । उनले भने,“राजपा नेपाल सरकारमा जाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन् ।” प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईहरुको के छ विचार भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,“राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विना पनि सरकार बन्छ । यो काम सरकारको हो । दुई तिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं । अहिले त न म सरकार नै हो, न म प्रदेश सभाको सदस्य हुँ ।” उनले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमा भने,“हामी प्रयास गरिरहेका छौं । फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्टिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies